४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

शक्तिशाली सरकारले अपेक्षित कार्यप्रगती देखाउन सकेन : नेता सिंह

शक्तिशाली सरकारले अपेक्षित कार्यप्रगती देखाउन सकेन : नेता सिंह
अ+ अ-

काठमाडौं । राजनीतिक दलहरुले इतिहासकै शक्तिशाली सरकार भएपनि अपेक्षित काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

सरकार गठनको दुई बर्ष पुगेको सन्र्दभमा राजनीतिक दलहरुले सरकारको घोषणा र कार्यप्रगति पुर्ण रुपमा असफल रहेको प्रतिक्रिया दिएका हुन् । संसदमा झण्डै दुईतिहाईको समर्थन रहेको सरकारले समयको सदुपयोग गर्न नसकेको प्रतिक्रिया पनि उनीहरुले दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शक्तिशाली सरकार भएर पनि अपेक्षित कार्यप्रगती देखाउन नसकेको टिप्पणी गर्नुभयो । बजेट खर्चको गति बढ्न नसक्नु, शुसासन कायम गर्नु नसक्नु र ठूला भ्रष्टाचारका काण्डहरुमा संलग्न दोषि पत्ता लगाउन नसक्नु तथा हत्या हिंसा लगायतका घटनामा संलग्न दोषीलाई कारवाही नहुनु लगायतले सरकारको असक्षमता देखाएको तर्क उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो “सरकारको दुई बर्षको आर्थिक गतिविधिको बारेमा कुरा गर्दा निरासाजनक र आमजनताले सोच अनुसार काम गर्न सकेको छैन । ल एण्ड अर्डर र गुडगर्भनेन्सको कुरा गर्ने हो भने, सुनकाण्ड, वाईडवडी काण्ड, न्यारोवडी काण्ड देखि यती होल्डिङ्सलाई दिएको ट्रष्टको जग्गा देखि लिएर के देखिएको छ भने सारमा आर्थिक र गुडगर्भनेन्समा आफ्नो परफरमेन्स विल्कुलै देखाउन नसकेको देखाईरहेको छ ।”

पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले काम गरेर देखाउने राम्रो अवसर गुमाएको टिप्पणी गर्नुभयो । राजनीतिक , प्रशासनिक आर्थिक, सामाजिक क्षेत्रमा धेरै संरचनागत परिर्वतन गर्न सक्ने हैसियतमा भएर पनि सरकारले काम गर्न नसकेको उहाँको तर्क थियो । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष भट्टराईले संविधान संशोधन, आमाको नामबाट नागरिकता उपलब्ध गराउने लगायत विषय सम्बोधन गरेर राजनीतिक क्षेत्र सुधार गर्न पनि सरकार पुर्णरुपमा असफल रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो“ राम्रो अवसर प्राप्त भएको थियो । प्रधानमन्त्रीले त्यो अवसर गुमाउनुभयो । भ्रष्टाचार रोक्नका निम्ति प्रशासनिक सुधार गर्नुपथ्र्यो । जुन हाम्रो प्रक्रियामुखी व्यूरोक्रेसी थियो । यसलाइृ संरचनात्मक ढंगले बदलेर परिणाममुखी व्यूरोक्रेशीमा बदल्न सक्नु पथ्र्यो । भ्रष्टाचार नियन्त्रणका अंग पनि त्यत्ति प्रभावकारी थिएनन् । ”

उहाँले संसदप्रति उत्तरदायी लोकपालको व्यवस्था गर्नुपर्छ भन्दै आएको तर त्यसो हुन नसकेको र भ्रष्टाचार नियन्त्रणको नाममा ‘ठूला लुकाउने साना कोट्याउने’ काम भएको टिप्पणी गर्नुभयो । उहाँले सात महिना भित्र जम्मा १४ प्रतिशत मात्रै बजेट खर्च हुनुले अन्ततः असारे विकासलाई शक्तिशाली सरकार भएर पनि सुधार गर्न नसकेको देखिएको बताउनुभयो ।

राष्ट्रिय जनता पार्टीका महिन्द्रराय यादवले सत्तारुढ दल नेकपा भित्रै पनि सरकारको काम प्रभावकारी नभएको भन्ने बहस भएबाट सरकारको काम प्रभावकारी नभएको स्पष्ट पारेको संक्षिप्त प्रक्रिया दिनुभयो ।

सरकारका मन्त्री भने सरकारले यो दुई बर्षमा असाधारण काम गरेको दाबी गर्छन् । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले इतिहासमै कसैले गर्न नसकेको काम सरकारले गरेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो “विभिन्न वेथितिलाई चिर्दै असाधारण उपलब्धि प्राप्त गर्ने गरी आफू अगाडि बढेको छ । इतिहासमा कसैले गर्न नसकेका कामहरु यो सरकारले गर्ने गरी आफ्नो पाईला अगाडि सारेको छ । धेरै महत्वपुर्ण सफलताको बर्ष भन्न पर्ने ठाउँमा हामी पुग्छौ ।”

उहाँले केही कामको परिणाम देखिएको र केही कामको परिणाम देखिन समय लाग्ने भन्दै सरकारको कार्यशैलीको वचाउ गर्नुभयो ।