१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार
अ अ+ अ-

गुल्मी। विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना गरिएको छ ।

तम्घासस्थित महेन्द्र नमूना माध्यमिक विद्यालयमा अतिरिक्त क्रियाकलापअन्तर्गत आज आयोजित ‘फुड फेस्टिभल’मा कक्षा ३ देखि १२ सम्मका विद्यार्थीको सहभागिता थियो ।

विद्यार्थीले विभिन्न खानाका परिकार बनाएर बिक्री गरेका छन् । कक्षा ११ का रोशन पाण्डे नेतृत्वको समूहले रसबरीलगायतका परिकार तयार पारेको थियो भने कक्षा ९ का हिमाल पाण्डेले मःम र पकौडा बिक्री गर्नुभएको थियो । कक्षा ५ का सफल गौतमको समूहले चाउमिन फ्राइ मःम र पकौडा बनाउँदै आम्दानीसँगै सीप सिकेको बताउनुभयो ।

त्यसैगरी, कक्षा ७ का छात्र अञ्जन पाण्डे भान्सामै कफी तयार गरेर प्रतिकप ३५ रुपैयाँमा बिक्री गर्नुभएको थियो । विद्यालयका सबै विद्यार्थीले फुडफेस्टिभलमा कुनै न कुनै परिकार बनाएर कार्यक्रममा सहभागिता जनाएका थिए । विद्यार्थी बिहानैदेखि दिनभर खाना बनाउन, स्टलबाट सामग्री बिक्री गर्न र ग्राहक व्यवस्थापनमा व्यस्त रहेका देखिन्थे ।

कार्यक्रमका संयोजक गिरीप्रसाद खनालका अनुसार विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक सीप सिकाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताइएको छ । ४४ वटा स्टल रहेको फेस्टिभलमा सेलरोटी, खीर, अचार, गुलाबजामुन, पानीपुरी, चटपटे, आलुचप, मःम, पकौडा, फलफूल र ब्रेड रोललगायत दर्जजौँ खानाका परिकार राखिएको थियो ।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले सो कार्यक्रमले विद्यार्थीहरूभित्र अन्तर्निहित प्रतिभा पहिचान गर्न सहयोग पुगेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पन्थीले यसले विद्यार्थीको चौतर्फी विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरले विद्यालयमा गरिने यस्ता प्रकारका कार्यक्रम विद्यार्थीको सिकाइका लागि निकै प्रभावकारी र व्यावहारिक हुने भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो । ‘फुड फेस्टिबल’ कार्यक्रममा चार सयभन्दा बढी विद्यार्थीहरूको प्रत्यक्ष सहभागिता थियो । रासस