१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञान निकेतन विजयी



अ+ अ-

काठमाडौं । ज्ञान निकेतनले आईआईएमएस पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा ज्ञान निकेतनले जेभियर इन्टरनेसनल कलेजलाई ९२–८९ ले पराजित गर्यो । निर्धारित समयको खेल ७७–७७ को बराबरीमा टुंगिएको थियो । ज्ञान निकेतनका किरण कँडेलले २१ अंक जोडे ।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा रामेछाप र टाइम्स विजयी भए । रामेछापले एन्जल्स हार्टलाई ५२–१५ ले हरायो । रामेछापका समिर तामाङले १२ स्कोर गरे । हिमालयन ह्वाइटाहउस विरुद्ध टाइम्स ७५–६७ ले विजयी भयो । टाइम्सका लागि कुशल शाक्यले २३ अंक जोडे ।

यस्तै काठमाडौं विनायक शिक्षालय (केभीएस) र न्यु स्टार पोल पाँचौं अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

काँडाघारीस्थित आयोजक अर्किडको मैदानमा भएको सेमिफाइनलमा केभीएसले गोल्डेन बडलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्यो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो । गोल्डेन बडका पर्वत मगर ‘म्यान अफ द म्याच’ घोषित भए । अर्को सेमिफाइनलमा न्यु स्टार पोलले हाइली क्रिएटिभलाई १–० गोलले हरायो । मुस्कान तामाङले निर्णायक गोल गरे । हाइलीका देवचन्द्र पाठक ‘म्यान अफ द म्याच’ बने । विजेताले २० हजार, उपविजेताले १५ हजार, तेश्रोले १० हजार र चौथोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

यस्तै जया मल्टिीपल कलेज र ऋत एकेडेमी पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत टग अफ वारमा शुक्रबार च्याम्पियन बनेका छन् । जया ब्वाइज तथा ऋत गल्र्समा पहिलो भए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा भएको ब्वाइज फाइनलमा जयले गोल्डेनगेटलाई २–० ले पराजित ग¥यो । काठमाडौं हिसानद्वारा आयोजित प्रतियोगिताको गल्र्स फाइनलमा ऋतले हिमालयलाई २–० ले हरायो ।

विजेतालाई हिसानका अध्यक्ष एवं राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, काठमाडौं हिसानका अध्यक्ष नरेन्द्रबहादुर अधिकारी, काठमाडौं हिसानका सचिव समेत रहेका नेपाल तान डोरी संघका अध्यक्ष भवानीप्रसाद पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नकआउट प्रतिस्पर्धामा ब्वाइजतर्फ १४ र गल्र्समा ९ टिम सहभागी थिए ।