३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

आलोपालो दिवा खाजा बनाउँछन् भाग्योदयका अभिभावक

आलोपालो दिवा खाजा बनाउँछन् भाग्योदयका अभिभावक
अ+ अ-

वालिङ । स्याङ्जाको भीरकोट नगरपालिका–६ उजेलीडाँडामा रहेको भाग्योदय माध्यमिक विद्यालयका अभिभावकले विद्यालयमै उपस्थित भएर दिवा खाजा बनाउने गरेका छन् ।

नेपाल सरकारले बाल सिकाइदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई निःशुल्क दिवा खाजा उपलब्ध गराएकाले अभिभावकले आलोपालो विद्यालयमा उपस्थित भएर खाजा बनाएर खुवाउने गरेका हुन् । विद्यालयमा बाल विकासदेखि कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा पकाउनका लागि छुट्टै चमेना गृह सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक रेशम खनालले बताउनुभयो ।

“बाल विकासदेखि कक्षा ६ सम्म अध्ययन गर्ने विद्यार्थीलाई छ बार छ प्रकारका खाना बनाउनका लागि विद्यालयले एकजना भान्से नियुक्त गरेको छ”, उहाँले भन्नुभयो, “एक जना भान्सेले मात्रै सबै विद्यार्थीलाई खाना बनाएर खुवाउन अप्ठ्यारो हुने भएकाले अभिभावकहरुले सहयोग गर्दै आउनुभएको छ ।”

विद्यालयले दिवा खाजाको व्यवस्थापनका लागि अभिभावकको भेला राखेर प्रत्येक दिन तीन जना अभिभावक विद्यालयमा उपस्थित भएर दिवा खाना, खाजा बनाउने निर्णय गरेसँगै अभिभावक नियमित आउने गर्नुभएको उहाँले बताउनुभयो । विद्यालयले अभिभावकको नामावली सहितको तालिका बनाएर दिवा खाजा बनाउन अभिभावकलाई जानकारी गराउँदै आएको छ ।

बाल विकासदेखि कक्षा ६ सम्म अध्ययनरत बालबालिकालाई प्राप्त भएको दिवा खाजाबापतको रकमले खाजा खुवाउन पनि अपुग हुने भएकाले विद्यालयले आन्तरिक व्यवस्थापन गरी अघाउन्जेल खाना, खाजा खुवाउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छायाराम खनालले बताउनुभयो ।

“आइतबारदेखि शुक्रबारसम्म बालबालिकालाई बारअनुसार फरक फरक खाना, खाजाका परिकार बनाएर खुवाउँछौँ,” उहाँले भन्नुभयो, “अभिभावकहरुले आलोपालो विद्यालयमा उपस्थित भएर खाना, खाजा बनाएर सहयोग त गर्नुभएकै छ, त्यसको अलावा मासिक रुपमा रु २०० पनि खाजाबापतको रकम भुक्तानी दिनुहुन्छ ।”

नमूना विद्यालयका रुपमा रहेको यस विद्यालयले विद्यालय परिसरमै पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत च्याउ, विभिन्न तरकारी र ड्रागन फ्रुटसमेत लगाएको छ । बाल विकासदेखि कक्षा ६ सम्म दैनिक १८५ बालबालिकाले खाना, खाजा खाने गरेका भान्से सरिता रेग्मीले बताउनुभयो ।

“कुन बार कुन परिकार बनाउने भन्ने तालिका छ सोही अनुसार छुट्टाछुट्टै बार छुट्टाछुट्टै परिकार पकाउने गर्छौं”, उहाँले भन्नुभयो, “धेरै जना विद्यार्थी हुँदा खाना बनाउन, खुवाउन समस्या हुने गरेकाले दैनिक तीन÷तीन जना आलोपालो गरेर अभिभावक आएर खाजा बनाउने खुवाउने गर्छौं ।” सो विद्यालयमा बाल विकासदेखि कक्षा १२ सम्म पढाइ हुने गरेको छ । कक्षा ७ देखि १२ सम्मका विद्यार्थीका लागि खाजाका लागि विद्यालय परिसरमै छुट्टै चमेना गृहको व्यवस्था रहेको छ । रासस