काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीलाई पक्राउ गरेर कारबाही गरिएको बताएका छन्। शनिवार प्रतिनिधिसभा संसदलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सुन तस्करी तहसनहस बनाइएको दाबी गर्दै सुन तष्करी निमिट्टान्न बनाइएको बताए।
तस्करीमा संलग्नहरू जेलमा रहेको उनले बताए। ‘मझेरीदेखि जंगलसम्म सुन लुकाउनेलाई कारबाही गरिएको छ,’ उनले भने।