३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

हिमाल हेर्न बेलढुङ्गामा पर्यटक

हिमाल हेर्न बेलढुङ्गामा पर्यटक
अ+ अ-

गलकोट । एक दशकअघि सम्म गुमनाम रहेको बेलढुङ्गा अहिले पर्यटकीय गन्तव्यका रुपमा परिचित भइसकेको छ । प्राकृतिक दृश्यावलोकन स्तम्भका रुपमा चिनिएको बागलुङ र म्याग्दीको सिमानामा रहेको बेलढुङ्गामा पुग्ने पर्यटकको रोजाइ आँखै अघिको हिमाल पर्न जान्छ ।

पहिचान, प्रचार र प्रवद्र्धनसहित स्थानीय जागरुक बनेर बेलढुङ्गाले चर्चा बटुल्न थालेपछि त्यहाँ पुग्ने आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली सिमानामा अवस्थित बेलढुङ्गामा पुग्ने पर्यटकको रोजाइमा हिमाल पर्ने गरेको छ ।

बेलढुङ्गाबाट सम्मुखमै दर्जनाँै हिमालको सुन्दर दृश्यले त्यहाँ पुग्ने पर्यटकलाई मोहित बनाउने गरेको छ । बेलको जस्तै आकृतिमा रहेको अग्लो ढुङ्गालाई परम्पराकालदेखि बेलढुङ्गा भनिँदै आएको थियो । उक्त स्थानमा अहिले रेलिङ सहितको फराकिलो पूर्वाधार निर्माण भएको थियो ।

नाम सुन्दै आएको मैले आँखैअघि बेलढुङ्गाबाट हिमाल हेर्न पाउँदा मोहित भएको बागलुङ–९ तित्याङका लालबहादुर थापाले जानकारी दिनुभयो । बेलढुङ्गाबाट आँखै अगाडि देखिने दर्जन बढी हिमशृङ्खला, हराभरा वनजङ्गलको मनोरम दृश्य यसको प्रमुख आकर्षणको केन्द्र रहेको थापाको भनाइ छ ।

समुद्री सतहदेखि दुई हजार ६१४ मिटरको उचाइमा रहेको बेलढुङ्गा आफैँमा मनोरम प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाउँ रहेको उहाँको भनाइ रहेको छ । यहाँबाट नेपालमै एकै पटक धेरै हिमाल देखिने मध्यको ठाउँमा पर्ने स्थानीय गोपाल श्रीसको भनाइ छ । श्रीसका अनुसार रुकुमको पुथा हिमालदेखि धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े, मनास्लुदेखि रसुवाको लाङटाङसम्मको हिमाल देख्न सकिने श्रीसको भनाइ छ ।

बेलढुङ्गाको केही तल देउरालीसम्म मोटरबाटोको पहुँच पुगेको छ । देउराली धुरीबाटबाट झन्डै एक किलोमिटर पदमार्गमार्फत करिब १० मिनेटको यात्रामा बेलढुङ्गा पुगिन्छ । “एकै पटकमा दर्जन हिमाल आँखैअघि देख्ने नेपालका कम स्थानमध्ये बेलढुङ्गा हो, अहिले यहाँ पूर्वाधारले गति लिएको छ, देउरालीमा सडक पुगेको छभने खानेपानी ल्याउने प्रयास थालिएको छ”, श्रीसले भन्नुभयो, “बेलढुङ्गा घरबासमा बसेका पर्यटक बिहान हिमाल हेर्न बेलढुङ्गा पुग्ने गर्दछन्, चैत वैशाखमा त लागीगुराँसले ढकमक्क हुन्छ बेलढुङ्गा गाउँ ।”

बेलढुङ्गाभन्दा केही तल म्याग्दीको धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रमसमेत रहेको छ । धार्मिक आस्थाका कारण स्वर्गाश्रम पुग्ने सङ्ख्या पनि अधिक छ । गण्डकी प्रदेश सरकारले बेलढुङ्गा हुँदै पञ्चकोट जोड्ने पदमार्ग निर्माणका लागिसमेत लगानी गरिरहेको छ । काठेखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारले बेलढुङ्गा पुग्ने पदमार्ग सहितका अन्य पूर्वाधार निर्माणमा रु ४० लाख लगानी भइसकेको छ भने चालु आर्थिक वर्षमा रु १० लाख बजेट साइकलल्यान्ड बनाउन र कान्छो धौलागिरिको प्रचार गर्न विनियोजन गरिएको छ । रासस