२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

“म सियान फर्किएर बिरामीको सेवा गर्न चाहन्छु” : डा राजीव झा



अ+ अ-

राजीव कुमार झा लामो समयदेखि चीनको सियान मेडिकल युनिभर्सिटीमा प्राध्यापकका रुपमा सेवा गरिरहनु भएको छ । मध्य चीनमा, खासगरी हुवे प्रान्तमा, यतिखेर कोरोना भाइरस (कोविड१९) को महामारी छ । यो भाइरसको कहर चीन हुँदै विश्वका धेरै मुलुकमा देखा परेको छ । चीनमै एक हजार ४०० को हाराहारीमा मानिसको मृत्यु भइसकेको छ भने झण्डै ५० हजार मानिस बिरामी परेका छन् ।

कोरोना भाइरसको व्यापक प्रभाव देखिनुअघि छुट्टी मनाउन नेपाल आउनु भएका प्रा डा राजीव झा यतिखेर चिनिया मित्रजनको दुःखबाट पिरोलिइ रहनु भएको छ । आफू पनि चीन फर्केर सहयोग र सेवा गर्ने उहाँमा उत्कट चाहना छ । यी ४१ वर्षे युवा वैज्ञानिक एवं चिकित्सकले १० बक्स अत्यावश्यक औषधि चीनतर्फ पठाइसक्नु भएको छ । यो औषधि ठूलो परिमाणको त होइन, तर नेपाल–चीन मित्रताको एक प्रतीक रहेको डा झाको भनाई छ ।

१७ वर्षको उमेरमा सियानमा मेडिकल विषय पढ्न झा चीन पुग्नु भएको थियो । राजीवले उत्कृष्ट नतिजाका साथ सियान जाओटोङ विश्वविद्यालयबाट अन्डरग्राजुएट र त्यसपछि मेडिकल विषयमै पिएचडी गर्नुभयो । उहाँले चीनकै उत्कृष्ट युवा वैज्ञानिकको उपाधि जित्नुका साथै विभिन्न अनुसन्धानात्मक कार्यका लागि फेलोसिप प्राप्त गर्नु भएको छ । उहाँले नेपालमा भन्दा बढी समय चीनमा बिताइ सक्नुभएको छ । उहाँले विशिष्ट चिनियाँ शैलीका खाना, भाषा र भाषिकालाई राम्रोसँग आत्मसाथ गरिसक्नु भएको छ । चीनमै सियान प्रान्तको विशिष्ट र ऐतिहासिक महत्व रहेको छ । जिन र टाङ शासनकालमा विद्वानहरु फा जियान र झुआन झाङ बौद्धधर्मको अध्ययनका लागि लुम्बिनी पुगेका थिए । यहीँका विद्वानहरुले बौद्ध धर्म र संस्कृतिका विशद ग्रन्थहरु चिनियाँ भाषामा अनुवाद गरेका थिए ।

“हिमालय वारपार तिनै फा जियान र झुआन झाङ झैं नेपाल–चीन मित्रतालाई निरन्तरता दिने प्रतिनिधिका रुपमा म आफूलाई उभ्याउन चाहन्छु,” झा भन्नुहुन्छ । उहाँका यी सपना हृदयभित्रै गडेका छन् । उहाँको प्रेम चीन, सियान र चिनियाँ जनतासँग गहिरो रुपमा जरा गाडेको छ ।
डा राजीव अहिले सियान मेडिकल विश्वविद्यालयमा प्राध्यापक हुनुका साथै नेपाल–चीन मेडिकल प्रयोगशालाका प्रमुख पनि हुनुहुन्छ । यो प्रयोगशालामा प्यान्क्रियाज रोगसँग सम्बन्धित नेपाल र चीनका परम्परागत औषधिको अध्ययन र अनुसन्धान हुने गर्दछ । मेडिकल क्षेत्रमा गरेको उत्कृष्ट कार्यको सराहना गर्दै साङसी प्रान्त र सियान नगरले उहाँलाई सम्मान गरेका छन् । सन् २०१५ को जनवरीमा उहाँलाई साङ्सी प्रान्तले “१०० उत्कृष्ट युवा” को सम्मान दिएको थियो । यस्तो सम्मान प्राप्त गर्ने उहाँ पहिलो नेपाली हुनुहुन्छ ।
सन् २०१८ को जुनमा सियान शहरका मेयरले “नेपाल–सियान नागरिक सद्भावना राजदूत” नियुक्त गर्नु भएको थियो । त्यसै वर्ष नोभेम्बरमा उहाँलाई सियान नगर सरकारले सियान मैत्रीपूर्ण अवार्ड प्रदान गरेको छ । सन् २०१६ मार्च २५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सियान मेडिकल विश्वविद्यालय भ्रमण गरी नेपाल–चीन सम्बन्धलाई जनस्तरमा विस्तार गर्न डा राजीवले गरेको योगदानको उच्च प्रशंसा गर्नु भएको थियो ।
यही वर्ष स्न २०२० को जनवरी १२ मा विश्वविद्यालयमा हिउँदे बिदाभएलगत्तै उहाँ नेपाल फर्कनु भयो । तर त्यसको केही दिनमै नयाँ कोरोना भाइरस चीनको हुवेमा फैलियो, र त्यसको प्रभाव चीन सहित विश्वभर देखिन थालेको छ । वीच्याट ग्रुपबाट शाङ्सी मेडिकल सहयोग टोली गठन भएको र नयाँ वर्षको शुरुमै धेरै साथीहरु उहान पुगेको थाहा पाउँदा आफूलाई हुटहुटी लागेको डा झाको भनाई छ । खाना वा आराम समेत केही नभनी साथीहरु २४ घण्टा उहानमा खटिएको थाहा पाउँदा आफूलाई औधी चिन्ता लागेको उहाँ बताउनुहुन्छ ।

“म पनि सियान तुरुन्तै फर्कन चाहन्छु र उहानमा केही गर्न विश्वविद्यालयलाई अनुरोध पनि गरिसकेको छु,” उहाँ भन्नुहुन्छ । “मैले चीनमा अध्ययन गरें, चीनमै काम गरें, र चीन मेरो दोस्रो घर हो ।”
नेपाल र चीनबीचको मित्रतालाई नै विचार गरी आफूले चीनमा अत्यावश्यक ठानिएको १० बाकस औषधि संकलन गरेको उहाँले बताउनुभयो । तर यस्तो औषधि पठाउन अहिले कठिन छ । चीनको सियानको बिमान सेवा अबरुद्ध छ । २०७२ सालको भूकम्पको समयमा चीनले देखाएको सदभाव र सहयोगबाट आफू प्रभावित रहेको बताउने डा झाले सानै भए पनि सहयोग गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – यो औषधि वास्तवमै हात्तीको मुखमा जिरा हो, तर यो मित्रतााको द्योतक हो । चीनको बलियो सरकार र अन्तर्राष्ट्रिय समुदायको बलियो समर्थनका कारण चिनियाँ जनता एकताबद्ध भएर रोगलाई परास्त गर्न सक्षम हुने विश्वास छ । (सियानको सियान इभनिङ न्यूज, चीनका लागि झाङ जुफेङले लिनु भएको अन्तर्वार्ताको सम्पादित अंश)




भर्खरै