१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर

“म सियान फर्किएर बिरामीको सेवा गर्न चाहन्छु” : डा राजीव झा

“म सियान फर्किएर बिरामीको सेवा गर्न चाहन्छु” : डा राजीव झा
अ अ+ अ-

राजीव कुमार झा लामो समयदेखि चीनको सियान मेडिकल युनिभर्सिटीमा प्राध्यापकका रुपमा सेवा गरिरहनु भएको छ । मध्य चीनमा, खासगरी हुवे प्रान्तमा, यतिखेर कोरोना भाइरस (कोविड१९) को महामारी छ । यो भाइरसको कहर चीन हुँदै विश्वका धेरै मुलुकमा देखा परेको छ । चीनमै एक हजार ४०० को हाराहारीमा मानिसको मृत्यु भइसकेको छ भने झण्डै ५० हजार मानिस बिरामी परेका छन् ।

कोरोना भाइरसको व्यापक प्रभाव देखिनुअघि छुट्टी मनाउन नेपाल आउनु भएका प्रा डा राजीव झा यतिखेर चिनिया मित्रजनको दुःखबाट पिरोलिइ रहनु भएको छ । आफू पनि चीन फर्केर सहयोग र सेवा गर्ने उहाँमा उत्कट चाहना छ । यी ४१ वर्षे युवा वैज्ञानिक एवं चिकित्सकले १० बक्स अत्यावश्यक औषधि चीनतर्फ पठाइसक्नु भएको छ । यो औषधि ठूलो परिमाणको त होइन, तर नेपाल–चीन मित्रताको एक प्रतीक रहेको डा झाको भनाई छ ।

१७ वर्षको उमेरमा सियानमा मेडिकल विषय पढ्न झा चीन पुग्नु भएको थियो । राजीवले उत्कृष्ट नतिजाका साथ सियान जाओटोङ विश्वविद्यालयबाट अन्डरग्राजुएट र त्यसपछि मेडिकल विषयमै पिएचडी गर्नुभयो । उहाँले चीनकै उत्कृष्ट युवा वैज्ञानिकको उपाधि जित्नुका साथै विभिन्न अनुसन्धानात्मक कार्यका लागि फेलोसिप प्राप्त गर्नु भएको छ । उहाँले नेपालमा भन्दा बढी समय चीनमा बिताइ सक्नुभएको छ । उहाँले विशिष्ट चिनियाँ शैलीका खाना, भाषा र भाषिकालाई राम्रोसँग आत्मसाथ गरिसक्नु भएको छ । चीनमै सियान प्रान्तको विशिष्ट र ऐतिहासिक महत्व रहेको छ । जिन र टाङ शासनकालमा विद्वानहरु फा जियान र झुआन झाङ बौद्धधर्मको अध्ययनका लागि लुम्बिनी पुगेका थिए । यहीँका विद्वानहरुले बौद्ध धर्म र संस्कृतिका विशद ग्रन्थहरु चिनियाँ भाषामा अनुवाद गरेका थिए ।

“हिमालय वारपार तिनै फा जियान र झुआन झाङ झैं नेपाल–चीन मित्रतालाई निरन्तरता दिने प्रतिनिधिका रुपमा म आफूलाई उभ्याउन चाहन्छु,” झा भन्नुहुन्छ । उहाँका यी सपना हृदयभित्रै गडेका छन् । उहाँको प्रेम चीन, सियान र चिनियाँ जनतासँग गहिरो रुपमा जरा गाडेको छ ।
डा राजीव अहिले सियान मेडिकल विश्वविद्यालयमा प्राध्यापक हुनुका साथै नेपाल–चीन मेडिकल प्रयोगशालाका प्रमुख पनि हुनुहुन्छ । यो प्रयोगशालामा प्यान्क्रियाज रोगसँग सम्बन्धित नेपाल र चीनका परम्परागत औषधिको अध्ययन र अनुसन्धान हुने गर्दछ । मेडिकल क्षेत्रमा गरेको उत्कृष्ट कार्यको सराहना गर्दै साङसी प्रान्त र सियान नगरले उहाँलाई सम्मान गरेका छन् । सन् २०१५ को जनवरीमा उहाँलाई साङ्सी प्रान्तले “१०० उत्कृष्ट युवा” को सम्मान दिएको थियो । यस्तो सम्मान प्राप्त गर्ने उहाँ पहिलो नेपाली हुनुहुन्छ ।
सन् २०१८ को जुनमा सियान शहरका मेयरले “नेपाल–सियान नागरिक सद्भावना राजदूत” नियुक्त गर्नु भएको थियो । त्यसै वर्ष नोभेम्बरमा उहाँलाई सियान नगर सरकारले सियान मैत्रीपूर्ण अवार्ड प्रदान गरेको छ । सन् २०१६ मार्च २५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सियान मेडिकल विश्वविद्यालय भ्रमण गरी नेपाल–चीन सम्बन्धलाई जनस्तरमा विस्तार गर्न डा राजीवले गरेको योगदानको उच्च प्रशंसा गर्नु भएको थियो ।
यही वर्ष स्न २०२० को जनवरी १२ मा विश्वविद्यालयमा हिउँदे बिदाभएलगत्तै उहाँ नेपाल फर्कनु भयो । तर त्यसको केही दिनमै नयाँ कोरोना भाइरस चीनको हुवेमा फैलियो, र त्यसको प्रभाव चीन सहित विश्वभर देखिन थालेको छ । वीच्याट ग्रुपबाट शाङ्सी मेडिकल सहयोग टोली गठन भएको र नयाँ वर्षको शुरुमै धेरै साथीहरु उहान पुगेको थाहा पाउँदा आफूलाई हुटहुटी लागेको डा झाको भनाई छ । खाना वा आराम समेत केही नभनी साथीहरु २४ घण्टा उहानमा खटिएको थाहा पाउँदा आफूलाई औधी चिन्ता लागेको उहाँ बताउनुहुन्छ ।

“म पनि सियान तुरुन्तै फर्कन चाहन्छु र उहानमा केही गर्न विश्वविद्यालयलाई अनुरोध पनि गरिसकेको छु,” उहाँ भन्नुहुन्छ । “मैले चीनमा अध्ययन गरें, चीनमै काम गरें, र चीन मेरो दोस्रो घर हो ।”
नेपाल र चीनबीचको मित्रतालाई नै विचार गरी आफूले चीनमा अत्यावश्यक ठानिएको १० बाकस औषधि संकलन गरेको उहाँले बताउनुभयो । तर यस्तो औषधि पठाउन अहिले कठिन छ । चीनको सियानको बिमान सेवा अबरुद्ध छ । २०७२ सालको भूकम्पको समयमा चीनले देखाएको सदभाव र सहयोगबाट आफू प्रभावित रहेको बताउने डा झाले सानै भए पनि सहयोग गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – यो औषधि वास्तवमै हात्तीको मुखमा जिरा हो, तर यो मित्रतााको द्योतक हो । चीनको बलियो सरकार र अन्तर्राष्ट्रिय समुदायको बलियो समर्थनका कारण चिनियाँ जनता एकताबद्ध भएर रोगलाई परास्त गर्न सक्षम हुने विश्वास छ । (सियानको सियान इभनिङ न्यूज, चीनका लागि झाङ जुफेङले लिनु भएको अन्तर्वार्ताको सम्पादित अंश)