४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

यो सरकार बनेपछि दैनिक छ किमी बाटो कालोपत्र भएको छ : प्रधानमन्त्री

यो सरकार बनेपछि दैनिक छ किमी बाटो कालोपत्र भएको छ : प्रधानमन्त्री
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठनपश्चात प्रतिदिन लगभग छ किलोमिटरका दरले सडक कालोपत्र हुँदै आएको बताउनुभएको छ ।

सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आज उहाँले सरकारले यस अवधिमा हासिल गरेका उपलब्धिका बारेमा जानकारी गराउँदै सो जानकारी दिनुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस अवधिमा १२५ तुइन विस्थापन भइसकेका छन्, भूकम्पले क्षतिग्रस्त तातोपानी जोड्ने सडक निर्माण भई आयात–निर्यात सञ्चालन भएको छ । कृषि र माछामासुमा मुलुक आत्मनिर्भर भएको छ ।”

सरकारले करका दर होइन दायरा बढाउने सोच बनाएको उल्लेख गर्दै उहाँले स्थिर सरकार गठनसँगै विदेशी लगानीका लागि राम्रो वातावरण बनेको बताउनुभयो । यस अवधिमा रु दुई खर्बको लगानीको प्रतिबद्धता आएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले व्यापार विविधिकरणमा उल्लेखनीय सुधार आई निर्यात २६.१ प्रतिशतले बढेको र आयात घटेको बताउनुभयो ।

ऊर्जा क्षेत्रमा भएका उल्लेखनीय उपलब्धिका बारेमा जानकारी गराउँदै उहाँले विद्युत् उत्पादनमा भएको वृद्धिसँगै विद्युत् निर्यातसमेत हुन थालेको बताउनुभयो । साथै ८८ प्रतिशत जनसङ्ख्यामा विद्युत् पुगेको उहाँले जानकारी गराउनुभयो । यस अवधिमा विभिन्न विद्युत् प्रसारण लाइन निर्माणमा पनि उल्लेखनीय प्रगति भएको छ । यसले उत्पादित विद्युत् भारत र बङ्गलादेश निर्यातका लागि सहज भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

उहाँले भन्नुभयो, “एमसीसी कम्प्याक्टअन्तर्गत लप्सेफेदी–रातामाटे–दमौली– हेडौँडा–पाल्पा–बुटवल र गोरखपुरसम्म अन्तरदेशीय विद्युत् प्रसारण लाइन र आवश्यक सवस्टेशन निर्माणको कार्य सम्पन्न गर्ने योजना दीर्घकालीन महत्वको मात्र नभएर नेपालको अपार जलविद्युत् सामथ्र्य उपयोगमा कोशेढुङ्गा हुनेछ । अमेरिकी सरकारको करीब ५५ अर्ब अनुदान र हाम्रो १४ अर्ब हाराहारीको लगानीका साथ सम्पन्न हुने यस परियोजनाले राष्ट्रिय गौरवको योजनाको महत्व र हैसियत प्राप्त गरेको छ । आगामी पाँच वर्षभित्र यस आयोजनाको निर्माण कार्य पूरा भइसक्दा नेपालको अर्थतन्त्र, वैदेशिक व्यापार, भुक्तानी सन्तुलन र ऊर्जा उपयोगको तस्वीर नै बदलिने निश्चित छ ।”

“मुलुकमा गरीबी छ, तर भोकमरीको अन्त्य गरिएको छ, यस वर्ष शीतलहर र जाडोबाट कसैले पनि ज्यान गुमाउनुपरेको छैन । भर्खरै भएको राष्ट्रियसभाको निर्वाचनबाट पनि समग्रहमा मतको सङ्ख्यामा सरकारको पक्षमा जनमत कायमै भएको देखाएको छ । यो तथ्य पनि हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको ४० वर्षपछि पुनःनिर्माण तोकिएको समयमै सम्पन्न भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकका अन्य विभिन्न विमानस्थलको पुनःनिर्माण र स्तरोन्नति गरी रात्रिकालीन सेवासमेत शुरु गरिएको जानकारी गराउनुभयो । मुलुकमा पेट्रोलियम पाइपलाइन तोकिएको समयमै निर्माण सम्पन्न भएको बताउँदै उहाँले सबै नेपालीको पुहँचमा टेलिफोन सेवा पुगेको, भूकम्पछिको पुनःनिर्माण तीव्ररूपमा अघि बढेको तथा बारा र पर्सामा टोनार्डो पीडित जनतालाई तोकिएको समयमै आवास निर्माण गरी हस्तान्तरण गरिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सदनमा भन्नुभयो, “यस अवधिमा विद्यार्थी भर्ना दर शतप्रतिशत नजिक पुगेको छ । विद्यार्थीले विद्यालय छोड्ने दर कम भएको छ । स्वास्थ्य बीमा १५ जिल्लाबाट ३९ जिल्लामा विस्तार भएको छ । दक्षिण एशियामा नेपाल पहिलो खुला दिशामुक्त मुलुक भएको छ । काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि बन्चरेडाँडामा आगामी चैतभित्र सक्ने गरी ल्याण्डफिलसाइटको काम अघि बढेको छ । यी सबै उपलब्धि नै हुन् ।”

‘आफू भ्रष्टाचार गर्दिनँ र कसैलाई गर्न पनि दिन्न’ भन्दै आएको र सोहीअनुसार कार्य पनि गर्दै आएको अवगत गराउँदै उहाँले भ्रष्टाचार गर्ने कसैलाई नछोड्ने धारणा व्यक्त गर्नुभयो । साथै प्रधानमन्त्री ओलीले अतिक्रमण भएका सार्वजनिक जग्गा फिर्ता ल्याउन सरकार लागिपरेको बताउँदै सरकारको कारवाहीपछि सुन तस्करी तहसनहस भएको छ भन्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “यो दुई वर्षमा राजश्व चुहावट, विनिमय अपचलन तथा अवैध हुण्डी कारोवारी एवं झुठा तथा नक्कली बिल जारी गर्ने कसूरमा कर्मचारी तथा विभिन्न फार्महरुसहित ७९५ जनाविरुद्ध रु २६ अर्ब सात करोड ९९ लाख बिगो दाबी गरी अदालतमा मुद्दा दायर गरिएको छ ।”

मातातीर्थस्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको करीब १७४ रोपनी जग्गामा भएको कानूनविपरीत मोही काण्डको तथ्य पनि सार्वजनिक भइसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “केही व्यक्तिलाई लाभ पु¥याउने नियतका साथ ‘नीतिगत निर्णय लिनुपर्ने अवस्था भयो’ भन्दै २०६९ साल कात्तिक २ गते यस सम्बन्धमा नेपाल ट्रस्ट ऐन २०६४ को दफा ९४० को उपदफा ९२० र ९३० विपरीत निर्णय भएको देखिन्छ । जसरी ललिता निवास प्रकरणमा राज्यको सम्पत्तिमा भएको अवाञ्छित दोहनको छानबिन गरी कारवाही अघि बढाइएको छ, यस काण्डको पनि सोही अनुरुप छानबिन हुन्छ ।”