४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

प्रधानमन्त्रीको सम्बोधनमा सांसदको प्रश्न

प्रधानमन्त्रीको सम्बोधनमा सांसदको प्रश्न
अ+ अ-

काठमाडौं । सरकारले दुई वर्ष पूरा गरेको अवसरमा प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुभएपछि त्यसमाथि सांसदहरुले प्रश्न गर्नुभएको छ ।

सांसद दिलेन्द्रप्रसाद बडुले एक घण्टाभन्दा बढी समय सम्बोधन गर्नुभएपनि दार्चुलामा सीमा मिचिएको सन्दर्भमा एक वाक्यभन्दा उल्लेख नगरेको बताउनुहुँदै कहिलेदेखि भारतीय प्रधानमन्त्रीसँग वार्ता शुरु हुन्छ भनी प्रश्न राख्नुभएको थियो ।

सांसद सरिता गिरीले संविधान संशोधनको प्रधानमन्त्री ओलीको प्रतिबद्धता कहिले पूरा हुन्छ भनी जिज्ञासा राख्नुभएको थियो । सांसद पुष्पा भुसाल गौतमले संवैधानिकरुपमा व्यवस्था भएको महिलाको ३३ प्रतिशत सहभागिता किन मन्त्रिपरिषद्मा लागू भएन, प्रधानमन्त्री नै किन संविधान कार्यान्वयनमा लाग्नुभएन भनी प्रश्न गर्नुभयो ।

सांसद प्रेम सुवालले भक्तपुरमा कोरना भाइरसको उपचार केन्द्र किन राख्न लागेको भनी प्रश्न राख्दै स्थानीय जनताको माग त्यहाँ नराख्नु भन्ने रहेको बताउनुभयो । सांसद पार्वता डिसी चौधरीले ललिता निवासको जग्गाको विषय अदालतमा गइसकेपछि पनि किन सरकारले प्रभावित गर्न खोजेको भनी जवाफ माग गर्नुभयो ।

सांसद अमृतादेवी अग्रहरीले पूर्वन्यायधीश गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ भन्ने जिज्ञासा राख्नुभएको थियो । सांसद डिला सँग्रौला पन्तले यती यएरलाइन्ससँग किन सरकार सती गयो भनी प्रश्न गर्नुभयो । सांसद रेणुका गुरुङले संसदीय समितिले दिएको निर्देशन किन सरकारले पालना गरेन भनी प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रामबहादुर विष्टले पाँच वर्ष सम्झौता बाँकी हुँदै गोकर्ण र शिवपुरीलगायत स्थानको जग्गा यती कम्पनीलाई दिइएको उल्लेख गर्नुहुँदै सरकार बलियो भएको कि यती कम्पनी बलियो हो स्पष्ट पार्न माग गर्नुभयो । सांसद लक्ष्मी परियारले जनता रुन पाएका छन्, दुई वर्षको कामले खुसी र सुखी हुने ठाउँ नरहेको किन भनी जिज्ञासा राख्नुभयो । सांसद भवानीप्रसाद खापुङले बाल विकासमा कार्यरत शिक्षिकाले कहिलेदेखि न्यूनतम् पारिश्रमिक पाउँछन् भनी प्रश्न गर्नुभयो ।

सांसद प्रकाश स्नेही रसाइलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी०का सन्दर्भमा सत्तारुढ दलका नेता पिच्छे फरकफरक धारणा आइराखेकाले सरकारको आधिकारिक धारणा के हो भनी माग गर्नुभयो । सांसद मीनबहादुर विश्वकर्माले मिडिया काउन्सिल विधेयकमा सत्य तथ्य समाचार नभए पत्रकारलाई कारबाही गर्ने भए सबै जिम्मा पत्रकारलाई लगाएर अदालत बन्द गर्न खोजिएको हो भनी प्रश्न गर्नुभयो ।

सांसद रङ्गमती शाहीले भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता अपनाउँछु भनी प्रधानमन्त्रीले प्रतिबद्धता जाहेर गर्नुभएपनि एनसेललाई दिएको कर छुटलाई के भन्नुहुन्छ भन्ने जिज्ञासा राख्नुहुँदै सडक सबै कालोपत्र भएको दाबी गरिरहँदा गाडीको सिसा खोलेर उपत्यकामै निरीक्षण गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो । सांसद बालकृष्ण खाँणले संविधानको रक्षा गर्नु सरकारको दायित्व हुने भए पनि मानवअधिकार, मिडिया काउन्सिललगायत विधेयक मौलिक अधिकार कुण्ठित गर्ने गरी ल्याइएको बताउनुभयो ।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी कहिले कार्यान्वयनमा जान्छ भनी प्रश्न गर्नुभयो । सांसद महेन्द्र राय यादवले सरकार स्थिर भए पनि राजनीति स्थिर नभएको बताउनुहुँदै प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना सहीरुपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । सांसद दिव्यमणि राजभण्डारी र सांसद राजेन्द्रकुमार केसीले तुइन विस्थापित एक वर्षमा गर्ने ओली पहिलोपटक प्रधानमन्त्री हुँदाको वाचा दोस्रोपटक प्रधानमन्त्री भएको दुई वर्षमा पनि किन पूरा हुन नसकेको भनी जिज्ञासा राख्नुभयो ।

सांसद मीना सुब्बाले पाँच वर्ष बाँकी हुँदै २५ वर्ष गोकर्ण रिसोर्टको अवधि एउटै कम्पनीलाई थप गर्नुका पछाडि भ्रष्टाचार भएको छैन भन्ने आधार के छ भनी जवाफ माग गर्नुभयो । सांसद चित्रलेखा यादवले ललितपुरको धोबीघाटमा हिजोमात्र छ सात पटक बत्ती निभेकाले लोडसेडिङ अन्त्य भनेको यही हो भनी प्रश्न गर्नुभयो ।

सांसद हिरा गुरुङले एकदलीय पञ्चायती मार्गमा सरकार हिँड्न खोजेको भन्दै पछिल्ला दुई वर्षमा सरकारले संसद्मा दर्ता गरेका विधेयकले पुष्टि गरेको आरोप लगाउनुभयो । सांसद सुजाता परियारले संवैधानिक महिला आयोग किन दुई वर्षदेखि नेतृत्वविहीन भएको छ भनी सरकारको ध्यानाकर्षण गराउनुभयो ।