२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली समाज नै उन्नत र समृद्ध– डा.महत



अ+ अ-


काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले विश्वको अन्य समाजको तुलनामा नेपाली समाज नै उन्नत र समृद्ध रहेको बताएका छन् ।
जेपी प्रतिष्ठानको रजत महोत्सवका अवसारमा उक्त प्रतिष्ठानद्धारा आज काठमाडौँको लप्सीफेदिमा आयोजित कोटिहवन अनुष्ठानमा आयोजित समारोहमा बोल्दै डा.महतले मानिस सधैँ भौतिक विकासको पछि लागेता पनि आज आएर भौतिकतामा खुशी नभेटेपछि मानिस आध्यात्मिक चिन्तनको पछि लागेको बताए ।
उनले भौतिक विकास मात्र मानिसको खुशी होइन रहेछ भन्ने कुरा आफूले ठूला महल र धेरै सम्पत्ती भएका अमेरिकीहरु पनि खुशी नभएका कैयौँ घटनाहरुबाट अनुभूति गरेको धारणा राखे ।
डा.महतले भने– त्यसैले संसारका सबै समाजहरुको अध्ययन गरी हेर्दा हामीलाई लाग्दछ कि नेपाली समाज नै सबैभन्दा उन्नत, सुखी र समृद्ध छ, अहिले ती पश्चिमाहरु पनि हाम्रो समाजका मौलिकता, हाम्रो संस्कार र परम्पराबाट लोभिने गर्दछन् ।


हाम्रो सांस्कृतिक धरोहर, सामाजिक परम्पार, हाम्रा सम्पदा, आध्यात्मिक चिन्तनले भरिपूर्ण रितीरिवाजहरु र हाम्रो बसुधैव कुटुम्बकमको आधारमा अडिएका हाम्रा संस्कारहरुका कारण हामी नेपाली विश्वमा विशिष्ट छौँ र हाम्रा संस्कारहरु विदेशीले पनि अनुशरण गर्न लायक छन्– उनले भने ।
हाम्रो यही समाजबाट नै हामी आध्यात्मिक चिन्तनको विकास गर्न सक्छौँ र भौतिक विकासका माध्यमबाट समृद्धि हातपार्न सक्ने उनले भने ।
धार्मिक अनुष्ठान र आध्यात्मिक चिन्तनले नै मानिसलाई सकारात्मक र सही मार्गमा लाग्न प्रेरित गर्ने धारणा डा.महतले राखे ।
डा.महतले जेपी प्रतिष्ठनको माध्यमबाट मित्रसेन दाहालले नेपालमा समाजकल्याण र मानवधर्मका धेरै काम गरेको भन्दै उनको समाजसेवी मनको प्रसंशा गरे ।
डा.महतले भने– मित्रसेनजीले ओखलढुंगाबाट आएर यहाँ जे जति समाजसेवाका काम गर्नुभएको छ, त्यति काम हामी सबै नेपालीले गर्ने हो भने नेपाललाई समृद्धिको मार्गमा लैजान सक्छ ।