३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

जङ्गल फाँडेर सुन्तलाखेती विस्तार
अ+ अ-

पर्वत । बिहादी गाउँपालिका–१ क्यूडाँडाका गणेशबहादुर गुरुङले सात वर्षदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आउनुभएको छ । बाँझो र जङ्गलले भरिएको खेतबारीमा झाँडी फाँडेर उहाँले सुन्तलाखेती लगाउनुभएको हो ।

करिब एक सय रोपनी क्षेत्रफलमा रु एक करोड लगानी गरेर गुरुङले सुन्तलाखेती गर्नुभएको हो । उहाँको बगैँचामा तीन हजार २०० सुन्तलाका बोट छन् । तीमध्ये अहिले करिब ५० प्रतिशत बोटले फल दिन थालेका उहाँले जानकारी दिनुभयो ।

स्थानीय ‘बिजु’ जातका बिरुवा लगाएको बताउँदै गुरुङले सुरुमा परीक्षणका रूपमा खेती गरे पनि पछिल्लो दुई वर्षदेखि व्यावसायिक उत्पादन गर्न थालेको जानकारी दिनुभयो । उहाँकाअनुसार गत वर्ष रु पाँच लाख आम्दानी भएको थियो ।

“पाकेका सुन्तला टिपेर बजार पठाउन सुरु गरेका छौँ, अहिले नै कति आम्दानी हुन्छ भन्ने यकिन भइसकेको छैन”, कुश्माबजारमा आयोजित पर्वत महोत्सवमा बच्छेश्वर कृषि तथा पशुपक्षी फार्मको स्टल सञ्चालन गर्नुभएका गुरुङले भन्नुभयो, “खेर गएको माटो सदुपयोग गरी गाउँमा प्रशस्त आम्दानी गर्ने उद्देश्यले सुन्तला लगाएको हुँ ।” उहाँका अनुसार फार्ममा एउटै सुन्तला तीन सय ५० ग्राम सम्मका फलेका छन् ।

ठूला र आकर्षक गोटा भएकाले प्रतिकिलो रु एक सय ५० मा बिक्री भइरहेको गुरुङले जानकारी दिनुभयो । गाउँबाट थोक विक्रेतालाई भने रु एक सय २० मा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । फार्मसम्म पुग्ने सडकको अवस्था जोखिमयुक्त भएकाले सुन्तला ढुवानीमा समस्या परेको उहाँको भनाइ छ ।

“मुस्किलले फार्मभन्दा केही तलसम्म सडक पुगेको छ, तर कच्ची सडक भएकाले ठूला सवारीसाधन आउनजान नसक्दा बजार पठाउन समस्या हुन्छ”, गुरुङले भन्नुभयो । उहाँले सुन्तलासँगै निबुवा, कागती र बेसार पनि लगाउनुभएको छ । कागती र निबुवाको चुक तथा अमिलो र बेसारको धुलो घरमा तयार गरेर बिक्री गरिरहेको उहाँले बताउनुभयो ।

व्यावसायिक कृषिमा लागेको छोटो समयमै निर्माण व्यावसायबाट भन्दा कृषि कर्मबाट प्रस्शस्त आम्दानी गर्न सफल भएको उहाँको भनाइ छ । “यो पेसामा पहिलेदेखि लाग्नुपर्ने रहेछ । अहिले पनि ढुवानीको भने समस्या छ । सडक सुविधा सहज भएमा ढुवानीको समस्या अन्त्य हुने थियो”, उहाँले भन्नुभयो ।

फार्म सुरु गरेपछि कृषि ज्ञान केन्द्रले बिरुवा र ढुवानीमा अनुदान दिनुका साथै बिहादी गाउँपालिकाले क्यारेटलगायत आवश्यक सामाग्री सहयोग गरेको गुरुङले जानकारी दिनुभयो । उहाँले बगैँचामा रहेका सबै बोटले फल दिँदा वार्षिक रु ५० लाखभन्दा बढी आम्दानी गर्न सकिने बताउनुभयो । एक पटक लगानी गरेपछि वर्षौँसम्म आम्दानी लिन सकिने सुन्तला वास्तवमै सुनजस्तै फल रहेको उहाँको अनुभव छ ।

सडकको पहुँच पुर्‍याइदिन पटकपटक स्थानीय सरकारलाई अनुरोध गरे पनि सुनुवाइ नभएको गुरुङले गुनासो गर्नुभयो । सडकको सहज पहुँच पुग्ने हो भने बगैँचालाई अझै आधुनिक किसिमले विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो । गाउँमै रहेको माटोमा पसिना बगाउने हो भने रोजगारी र आम्दानीका लागि विदेश पलायन हुनु नपर्ने उहाँको भनाइ छ ।