१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण



अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-६ करौलमा भू-क्षय नियन्त्रणका लागि स्याली नदीमा तटबन्ध निर्माणका तीनवटा आयोजना अघि बढाइएका छन् । योसँगै नदीका विभिन्न खण्डमा तटबन्ध निर्माण तीव्र रूपमा भइरहेको छ ।

शुक्लाफाँटा-६ का वडाध्यक्ष दानसिंह ऐरका अनुसार जनताको तटबन्ध कार्यालयमार्फत रु ८० लाख लागतमा १५० मिटर, सङ्घीय आयोजनाअन्तर्गत रु पाँच लाख लागतमा २५ मिटर र प्रदेश सरकारको आयोजनाअन्तर्गत रु १५ लाख लागतमा ५० मिटर तटबन्ध निर्माण भइरहेको छ ।

टोटी नालामा रु १० लाखभन्दा बढीको लागतमा करिब ४० मिटर तटबन्ध निर्माणको तयारी गरिएको उहाँले जानकारी दिनुभयो । वडाध्यक्ष ऐरले वर्षाका बेला तीव्र भू(क्षय हुँदै आएको क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी तटबन्ध निर्माण अघि बढाइएको बताउँदै दोस्रो प्राथमिकतामा सार्वजनिक जग्गा तथा बगर संरक्षण क्षेत्रलाई समेटिएको उल्लेख गर्नुभयो ।

स्थानीय बन्दा रानाले स्याली नदीले बर्सेनि वर्षातका बेला जग्गा कटान गर्दा ठूलो समस्या भोग्नु परेको भन्दै अब समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । भू-क्षयको समस्या वडा कार्यालयमा राखेपछि वडाध्यक्षसहित जनप्रतिनिधिको पहलमा तटबन्ध निर्माण हुन थालेको उहाँको भनाइ छ ।

स्याली नदीमा निर्माण भइरहेका तटबन्ध आयोजनाले सार्वजनिक सडक जोगिनुका साथै दुई सयभन्दा बढी स्थानीयको जग्गा भूक्षयबाट सुरक्षित हुने अपेक्षा गरिएको छ ।