काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज हल्का वर्षा हुनसक्ने जनाएको छ । महाशाखाले जारी गरेको पूर्वानुमानमा पहाडी क्षेत्रका केही स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको हो ।
अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको महाशाखाले जानकारी दिएको छ । यसैगरी देशका धेरै स्थानमा भने आंशिक र सामान्य बदली भएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू९भागमा मौसम सामान्यतया सफा रहने छ। । पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।