११ असार २०८३, बिहीबार
,
Latest
अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट प्रदेशसभा खारेजको बहसमा बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुन सक्छ’ साना नदीमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह महामन्त्री पौडेलको प्रश्न: अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो, नेपालमा किन अझै महँगो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घीयता कार्यान्वयनमा आत्मविश्वास र ऊर्जा बढिरहेको छ: मुख्यमन्त्री गुरुङ



अ+ अ-

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध प्रदेश बनाउन दीर्घकालीन सोच र योजनाका साथ सरकार अघि बढेको बताएका छन् । प्रदेश सरकार स्थापनाको दोस्रो वर्ष पूरा भएको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सरकारको पहिलो वर्षलाई प्रादेशिक नीति तथा संरचना निर्माणको रुपमा लिइएको र यसको जगको आधारमा सबल र समृद्ध गण्डकी प्रदेश निर्माण गर्ने उल्लेख गरे ।

सङ्घीयता कार्यान्वयनका क्रममा आत्मविश्वास र ऊर्जा बढिरहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले सन्देशमा भने, “हाम्रा पाइलाहरु गतिवान हुँदैछन् र हाम्रा अनुभवहरु खारिँदै गइरहेका छन् । प्रदेशको सफलतासँगै सङ्घीय शासन व्यवस्थाको सफलता गाँसिएको छ ।”

सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तका आधारमा सङ्घ, प्रदेश र स्थानीय तहको सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिँदै उनले लोकतन्त्रको आधारभूत मूल्य मान्यता, बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, पूर्ण प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्तमा प्रदेश सरकार दृढ रहेको उल्लेख गरेका छन् ।

विभिन्न क्षेत्र समुदाय र वर्गको सुझाव, सल्लाहलाई आत्मसात् गर्दै समृद्ध प्रदेश सुखी नागरिकको आकाङ्क्षा सफल पार्न सरकार तत्पर रहेको मुख्यमन्त्री गुरुङले सन्देशमा जनाएका छन् ।