२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सङ्घीयता र लोकतन्त्र सुदृढीकरणमा ध्यान दिएन: उपसभापति निधि



अ+ अ-

बलेवा । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सङ्घीयता र लोकतन्त्र सुदृढीकरण गर्न ध्यान नदिएको आरोप लगाएका छन् । नेपाली काँग्रेस बागलुङ क्षेत्र नं १ ले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई शनिबार यहाँ सम्बोधन गर्दै उनले सरकार सङ्घीयताको सिद्धान्त र भावना अनुरुप चल्न नसकेको बताए ।

“प्रधानमन्त्रीले दुई वर्षसम्म एउटै पार्टीको सरकार चल्यो भने । यस्तो प्रगति हुँदैन । जनताले के को आशा गर्ने,”उपसभापति निधिले भने । पूर्वगृहमन्त्रीसमेत रहेका उनले दुई वर्षमा काँग्रेसका पालामा गरेका गतिविधिको रिबन काट्ने बाहेक अन्य काम सरकारले नगरेको बताए ।