२० आश्विन २०८१, आईतवार
,
Latest
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौंको बालाजु र थानकोटबाट चोरी भएका मोटरसाइकलहरु काठमाडौं र धादिङ्का बिभिन्न स्थानबाट बरामद गरी ट्राफिक प्रहरीले सार्वजनिक गरेको छ ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चोरी भएका मोटरसाइकल र चोरीमा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको जानकारी दिएको हो । प्रहरी उपरिक्षक तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले मोटरसाइकल हराएको उजुरी परेपछि अनुसन्धानका क्रममा काठमाडौं र धादिङ्का विभिन्न स्थानबाट चारवटा मोटरसाइकल फेला पारेको बताउनुभयो । उहाँले मोटरसाइकल चोरी गरी कारोबारमा संलग्न तथा प्रयोग गर्नेलाई समेत पक्राउ गर्न सफल भएको बताउनुभयो ।

प्रहरी उपरिक्षक श्रेष्ठले फेला पारेका मोटरसाइकलहरु थानकोट तथा बालाजु क्षेत्रबाट हराएको बताउनुभयो । मोटरसाइकल चोरी गरी फरक नम्बर प्लेट राखेर प्रयोग गरिरहेको अवस्थामा बरामद भएको उहाँले बताउनुभयो ।