२० असार २०८३, शनिबार
,
Latest
बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुक निर्वाचनतर्फ गयो, अब के होला भन्ने अन्यौलता छैनः दाहाल



अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सिंगै मुलुक निर्वाचनको तयारीमा जुटेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल विषयक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

संयोजक दाहालले अब मुलुकमा के होला भन्ने अन्यौलता हटेको र सबै राजनीतिक दल र आम जनतालाई निर्वाचनतिर लैजाने वातावरण बनाएको भन्दै सरकारप्रति आभार समेत व्यक्त गर्नुभयो । सरकारले धेरै खालका जटिलताहरु, चुनौतिहरु, समस्याहरु, अपठयाराहरु झेल्दै निर्वाचनको वातावरण बनाएको संयोजक दाहालको निष्कर्ष थियो ।

उहाँले भन्नुभयो,‘सरकार, राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्रका सबै प्रतिनिधिहरु, मिडियाकर्मी पनि सबै बसेर एउटा सर्वपक्षीय सहमतीद्वारा अगाडि बढने संकल्प गर्ने वातावरण बनाउने भएको मैले महशुस गरेको छु । अव अहिले त देश अन्यौलमा छैन भन्ने हामी सबैलाई लागेको छ । म सम्मानीय प्रधानमन्त्रीज्यू र सरकारलाई विशेष धन्यवाद भन्न चाहन्छु तपाईहरुलाई निकै अप्ठयारो भएको महशुस हामीले गथ्र्यौं । गरेका छौँ । धेरै खालका जटिलताहरु, चुनौतिहरु, समस्याहरु, अपठयाराहरु झेल्दै निर्वाचन नै हो देशलाई निकास दिने अर्को होइन भनेर जो दृढता तपाईहरुले पर्दशन गर्नुभयो । अव सबै राजनीतिक दल र आम जनता पनि निर्वाचनको मानसिकतामा अघि बढने वातावरण बनाउनु भयो । त्यसका लागि विशेष रुपले सरकार र त्यसको नेतृत्व धन्यवादको पात्र भएको महशुस मैले गर्दछु । अब के होला भन्ने अन्यौल भन्दा अव निर्वाचनको तयारीतिर देश गएको छ । अहिले शान्ति, स्थायित्व र समृद्धिका धेरै भाषणा गर्नुभन्दा यो बारे हामीले धेरै कुरा गरिसकेका छौ विगतमा । मैले त यस विषयमा पटक पटक कमिटमेन्ट गरेको छु । निजी क्षेत्रलाई संरक्षण गरिएन, प्रोत्साहित गरिएन, लगानीमैत्री वातावरण बनाइएन भने विकास र समृद्धिको कुरा मात्रै हुन्छ ।’

त्यस अवसरमा संयोजक दाहालले निजी क्षेत्रको संरक्षण विना मुलुकलाई समृद्ध बनाउन सकिने अवस्था नरहेको पनि स्पष्ट पार्नुभयो ।