५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar प्रधानमन्त्री शाहसँग कांग्रेसका नेताहरूको भेट, के भयो कुरा ? News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

प्राधिकरणका कर्मचारीलाई मन्त्री सिन्हाको निर्देशनः दुई महिनाभित्र विमानस्थलको सेवा सुधार गर्नूस्

प्राधिकरणका कर्मचारीलाई मन्त्री सिन्हाको निर्देशनः दुई महिनाभित्र विमानस्थलको सेवा सुधार गर्नूस्
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विमानस्थलको सेवा सुधार गर्न निर्देशन दिनुभएको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणको २७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले हरेक दिन यात्रुहरुले विमानस्थलमा समस्या व्योहोरिरहेको भन्दै विमानस्थलको सेवा सुधार गर्न निर्देशन दिनुभएको हो ।

उहाँले सामान्य यात्रुको हैसियतले आफूले पटक–पटक काठमाडौंसहित विभिन्न विमानस्थलको यात्रा गरेको अनुभव सुनाउँनुहुँदै विमानस्थल प्रवेशदेखि बाहिर निस्किँदासम्म यात्रुले सास्ती खेप्नुपरेको बताउनु भयो । उहाँले विमानस्थलमा दिने सेवाको गुणस्तरको सुधार देखावटी र कस्मेटिक मात्र भएको उल्लेख गर्नुभयो । उहाँले दुई महिनाभित्र सेवा सुधार गर्न कर्मचारीहरुलाई नर्देशन समेत दिनुभयो । आफू चुनावी सरकारको मन्त्री भएकोले काम गर्ने समय धेरै रहेको उल्लेख गर्नुहुँदै उहाँले दुई महिनाभित्रमा विमानस्थलको सेवामा सुधार ल्याउन निर्देशन दिनुभयो ।’

‘साना कुराहरु मात्रै सुधार गर्नसके पनि ठूलो उपलब्धि हासिल गर्न aसकिने उहाँको भनाई छ । उहाँले कुनै बहानाबाजी नगरिकन सुधारको काम थाल्न निर्देशन दिनुभयो । उहाँले काम गर्नको लागि दुई महिनाको समय पर्याप्त भएको पनि बताउनु भयो । मन्त्री सिन्हाले क्यानको लेखा प्रणालीप्रति पनि असन्तुष्टि जनाउनु भयो । क्यानको सम्पत्ति र खर्चको स्पष्ट अभिलेखन आफूले पाउन नसकेको उहाँको भनाई छ । उहाँले लेखा प्रणाली तत्काल सुदृढ गर्न निर्देशन दिनुभयो । उहाँले पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा क्यानले ठोस कार्ययोजना ल्याउन नसकेकोमा पनि असन्तुष्टी जनाउनु भयो । पोखरा विमानस्थलमा हिमालयन एयरलाइन्सको एउटा विमान अवतरण हुँदा ताली बजाउने मात्रै काम भएको उहाँको भनाई छ । काठमाडौं बाहेक अन्य विमानस्थलसँग आन्तरिक तथा अन्तर्राष्ट्रिय अन्तरआवद्धता कसरी बढाउने भन्ने विषयमा ठोस पहल गर्न उहाँले निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘एउटा समान्य यात्रुको हैसियतले मैले पटकपटक नेपालको केही विमानस्थलहरु र मुख्य रुपमा काठमाडौ विमानस्थलको यात्रा गरेँ । मेरो लागि त्यो सुखद् रहेन, दुःखको साथ मैले भन्नुपर्ने हुन्छ, यहाँनेर जतिपनि हामीले उपलब्धिहरु प्राप्त गरेका छौँ । चाहे उपलब्धिका कुरा गरौँ, चाहे कर्मचारीका मागका कुरा गरौँ । तर सेवाको कुरामा चाहीँ हामीले देखावटी रुपमा कष्मेटिक तरिकाबाट अलिकति सुधार गरेको होला, तर पर्यटकको हिसावले, सामान्य नगरिकको हिसावले, सामान्य यात्रुको हिसावले विमानस्थलमा प्रवेश गर्दाखेरिदेखि लिएर विमानस्थल बाहिर निस्किँदाखेरीसम्म भोग्नुपर्ने असहज अनुभुति छ । त्यो मैले आफैँले व्यक्तिगत रुपमा भोगेको छु । साना साना परिवर्तनका कुराहरुले हामी यसमा केही सुधार ल्याउनसक्ने अवस्थाहरु छ । त्यसमा हामी कति दत्तचित्त भएर लाग्छौँ भन्ने कुरा आगामी दिनमा मैले हेर्न बाँकी छ । म संग धेरै दिन छैन । म चुनावी सरकारको मन्त्री हो, मसँग अबको दुई महिना बाहेक अरु समय छैन । तथापि मेरो कोशिस यहाँ के रहन्छ भने तपाईहरुलाई कुनै यो भन्दा पहिलेको फलानो मन्त्रीले यसो भन्नुभएको थियो, सचिवले यसो भन्नुभएको थियो, राजनितिक दबाब यस्तो भएको थियो त्यो कारण हुन सकेन भन्ने छुट तपाईहरुसँग रहने छैन । किनभने त्यस्तो प्रकृतिको दवाव र प्रभाव तपाईले गर्नुपर्ने छैन । दुई महिनामा परिवर्तन गर्न सक्छु, सक्दिन मलाई थाहा छैन, तपाईहरुको सहयोग भएन भने कुनै परिवर्तन हुँदैन । तर एभिएसन सेफ्टीको लागी आवश्यक पर्ने जुन संस्कार र संस्कृति छ, त्यसलाई अवलम्वन गर्न र तपाईहरुको पोसागत दक्षता, क्षमतालाई प्रर्दशन गर्नको लागि यो दुई महिनाको समय धेरै नै काफी छ । तपाईहरु दत्तचित्त भएर लागिदिनुस् । यो दुई महिनाभित्र के के गर्न सक्नुहुन्छ, के के गरेर देखाईदिन सक्नुहुन्छ र नयाँ सरकार आउँदाखेरी हेर्नुस्, हामीले यति दिनभित्रको यो एचिभ गरेका छौँ भनेर तपाईहरुले अर्को जो मन्त्री यहाँ आएर उभिनुहुन्छ, उहाँलाई भन्नुस् ।’

‘म क्यानको लेखाको सम्बन्धमा पनि त्यति सन्तुष्ट हुन सकेको छैन । लेखाले आफ्नो सम्पती कहाँ कहाँ छन् भन्ने कुराको अभिलेखन भएका विषयहरुको बारेमा पनि म स्पष्ट हुन सकिन, सायद मैले नबुझेको पनि हुनसक्छ, तर तपाईहरुले आफ्नो लेखा प्रणालीलाई सुढृड पार्नुभएन भने गरेका कामहरुलाई पनि त्यही लेखा प्रणालीले कमजोर बनाएर लग्दिन्छ । अर्को कुरा यासाको जुन ईस्यु आईरहेको छ, यूरोपियन युनियनको चाहे पोखराको होस्, चाहे भैरहवाको होस् । यसलाई कसरी चलायमान बनाउने र ती तीन वटा कुराहरुलाई कसरी सम्बोधन गर्ने भनेर अहिले गोस्वारा प्रकृतिबाट त भन्ने कुराहरु सुन्यौँ । तर ठ्याक्कै यो यो कदम चाल्ने भन्ने कुराको स्टेपहरु मैले अहिलेसम्म पनि पाउनसकेको छैन । हामी ल्हासाबाट हिमालयन एयरलाउन्सले ल्याएको एउटा विमाालाई पोखरामा ओर्लेर देख्दाखेरी ताली बजाउने होइन, रुन मन लाग्छ, आन्तरिक रुपमा हाम्रो सेवाहरु काठमाडौंबाट उडेर गएका विमानहरु बाहेक अन्य हाम्रा विमानस्थलहरु छन्, त्योसंग कसरी अन्तरआवद्धता गर्न सकिन्छ ? भद्रपुरबाट, चन्द्रगढीबाट ।  हामीले  भारतबाट कसरी पर्यटक यहाँ ल्याउन सकिन्छ, त्यहाँनेर हामीले उनीहरुलाई कसरी आग्रह गर्नसक्छौँ । भन्नेतिर मैले शुन्य अग्रसरता देखे, मलै दुखको साथ भन्नुपर्छ, केही गनुभएको छ भनेपनि त्यसको प्रभाव मैले देखेको छैन ।’ 

उहाँले नेपालगञ्ज र विराटनगरका विमानस्थलहरु उद्घाटनको तयारी रहेको सुनेको उल्लेख गर्नुहुँदै ती विमानस्थलले लगानी उठाउने वातावरण छ कि छैन भन्दै प्रश्न गर्नुभयो । उहाँले भौगोलिक कारणले पनि नेपालमा विमान यात्रा विलासिताको नभएर अनिवार्यता भएकोले यसको गुणत्मक सुधारमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।