२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूतपूवर्ष ब्रिटिस गोर्खा सैनिकका माग पुरा नभए आमरण अनसन बस्ने चेतावनी



अ+ अ-

काठमाडौं । भूतपूवर्ष ब्रिटिस गोर्खा सैनिकहरुले एक महिनाभित्र आफ्ना मागहरु पुरा नभए आमरण अनसन सुरु गर्ने चेतावनी दिएका छन् ।

बेलायत सरकारले समान व्यवहार नगरेको, सेवाको स्वच्छ मुल्यांकन नभएको र मानविय व्यवहार समेत नगरेको भन्दै लामो समयदेखि संघर्षरत गोर्खा सैनिकहरुले एक महिनाभित्र आफ्ना मागहरु पुरा गर्न चेतावनी दिएका हुन् ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै भूपू गोर्खा सैनिकहरुले समान पेन्सन सेवा, नेपालमा बेलायत सरहकै निःशुल्क स्वास्थ्य सुविधा, कटौती तथा मारमा परेका सबैलाई चित्तबुझ्दो क्षतिपूर्ती, बयस्क छोरा-छोरीहरुलाई बेलायतमा निशर्त आवासिय भिसा दिनुपर्ने माग गर्दै भूपू गोर्खा सैनिकहरुले आमरण अनसनको चेतावनी दिएका हुन् । विधवाहरुको समान पेन्सनको व्यवस्था हुनुपर्ने, भूपू गोर्खा सैनिकहरुको स्वाभिमान, राष्ट्रियता, मानव अधिकार र सम्मानको अनुभूत गर्नेगरी मागहरु पुरा गर्न नेपाल सरकार र बेलायत सरकारलाई माग गरिएको भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्ण बहादुर राईले बताउनुभयो ।

भूपू गार्खाहरुले मार्च १५, २०२० सम्मको समयसीमा भित्र दुबै देशले वार्ता समिति गठन गरी वार्ताको सुरुवात गर्ने विश्वास लिएका छन् । उक्त समयसम्म आफ्ना मागहरुका विषयमा गम्भिर नभए आमरण अनसनका साथै मुद्धाहरु लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकालयमा जाने चेतावनी समेत दिएका छन् ।