३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना सङ्क्रमण : दुई हजार नयाँ विरामी, १६ सयको मृत्यु



अ+ अ-

बेइजिङ । चीनमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या आइतबारसम्ममा एक हजार ६६५ पुगेको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो एकै दिनमा थप १४२ जनाको मृत्यु भएको हो ।

उनीहरुले कोरोनाको सङ्क्रमण थप दुई हजार नौ जनामा देखिएको पनि जानकारी दिएका छन् । सङ्क्रमितहरु चीनका ३१ वटा प्रान्तका रहेका छन् ।

थप मृत्यु भएका मध्ये १३९ जना हुवेइ प्रान्तका रहेका छन् भने सिचुवान प्रान्तका दुई र हुनान प्रान्तका एक जना रहेका छन् ।

चिनियाँ स्वास्थ्य आयोगका अधिकारीहरुले शनिबार मात्रै थप १९ सय १८ जना नयाँ सङ्क्रमणको आशंका गरिएको छ ।

सङ्क्रमितमध्ये २१९ जना शनिबार थप गम्भीर विरामी भएका छन् भने १३ सय २३ जना स्वास्थ्यमा सुधार आएपछि घर फर्किएका छन् ।

कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरुको कुल संख्या अहिलेसम्म ६५ हजार ५०० पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुले ११ हजार २७२ जनाको अवस्था सुधार उन्मुख रहेको पनि बताएका छन् । त्यसैगरी ८ हजार २२८ जनामा आशंका गरिएको छ ।

सङ्क्रमित भएर उपचार गराइएका मध्ये अहिलेसम्म ९४ हजार १९ जना उपचारपछि घर फर्किएका छन् । आयोगले ५ लाख २९ हजार ४ सय १८ विरामी नियमित सम्पर्कमा रहेको जनाएको छ ।

यो भाइरसको सङ्क्रमण सन् २०१९ को डिसेम्बरमा चीनको उहानबाट देखिन थालेको हो भने यसको पहिचान पहिलो पटक डिसेम्बर ३१ मा भएको थियो ।