१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका पूर्वसांसद बासुदेव घिमिरेले पार्टी परित्याग गरे



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका पूर्वसांसद बासुदेव घिमिरेले पार्टी परित्याग गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत घिमिरेले पार्टी परित्याग गरेको जानकारी गराउनु भएको छ । पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले जनताको इच्छा र चाहना सम्बोधन गर्ने अवस्था नदेखिएकोले पार्टी परित्याग गरेको उहाँले जनाउनु भएको छ ।

उहाँले लेख्नुभएको छ-

‘अहिले आम जनताको चाहना सुशासन, विकास, समृद्धीका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि हो । देशको आवश्यकता, इतिहासको गति र आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो । देश प्रतिको अविचलित निष्ठा,सुशासन, विकास र समृद्धी राजनीतिको अनिवार्य शर्त हो,’ उनले भनेका छन्, ‘पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिनदेखि म संलग्न रहेको पार्टीको जिम्मेवारीदेखि अलग रहेको छु ।’

उहाँले आजसम्म आफूलाई अवसर र जिम्मेवारी दिनेलाई धन्यवाद पनि दिएका छन् । त्यस्तै सुशासन, विकास र रोजगारीका साथ मुलुकलाई समृद्धीको यात्रामा अघि बढाउने अभियानमा इमान र निष्ठाका साथ सधैँ काम गरिरहने पनि जनाउनु भएको छ ।

तिलत्तोमा नगरपालिकाका पूर्वमेयर समेत रहनु भएका घिमिरे २०७९को निर्वाचनमा रुपन्देही ५ बाट निर्वाचित हुनु भएको थियो । घिमिरे रास्वपा प्रवेश गरेका छन् । घिमिरे रास्वपा प्रवेश गर्ने तयारीमा हुनुहुन्छ ।