४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

एमसीसीको विषयमा जथाभावि नबोल्न शीर्ष नेतालाई रावलको चेतावनी

एमसीसीको विषयमा जथाभावि नबोल्न शीर्ष नेतालाई रावलको चेतावनी
अ+ अ-

काठमाडौं । मलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विषयमा अध्ययन गर्न गठित कार्यदलका सदस्य भीम रावलले एमसीसीको विषयमा जथाभावि नबोल्न शीर्ष नेताहरुलाई चेतावनी दिनुभएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसमिति बैठकले गठन गरेको कार्यदलका सदस्य रावलले अध्ययन भइरहेको विषयमा जथाभावि नबोल्न चेतावनी दिनुभएको हो । नेकपाको दोस्रो पूर्ण केन्द्रीय समिति बैठकले गम्भिर विषयमा छलफल गर्ने अधिकार समितिलाई दिएको उल्लेख गर्दै नेकपा स्थायी कमिटी सदस्य समेत रहनुभएका रावलले केन्द्रीय समिटीको कार्यादेश विपरित कुनै पनि व्यक्तिले अन्यथा कुरा ग¥यो भने त्यो औचित्यहिन हुने बताउनुभयो । केन्द्रीय समितिले दिएको अधिकार अनुसार आफुहरुले एमसीसी सम्झौता र योसँग जोडिएका विषयमा छलफल भइरहेको भन्दै एमसीसीका सम्बन्धमा निर्णय सुनाउने अधिकार केन्द्रीय कमिटीले कसैलाई नदिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेकपाको पूर्ण बैठकबाट कार्यदल गठन हुने निर्णय बमोजिम गम्भिर विषयमा छलफल गर्ने कार्यादेश प्राप्त भएको छ । कार्यादेशलाई कुनै पनि व्यक्तिले अन्य अर्थ लगाएर कुरा ग¥यो भने त्यो औचित्यहित हुन्छ ।’ कार्यदलले समेत छलफलको समयमा सार्वजनिक अभिवयक्ति नदिने विषयमा आचारसंहिता बनाएको उहाँले बतायनुभयो । कार्यदलले सुझाव र निष्कर्षसहित प्रतिवेदन बुझाउने भएकाले केन्द्रीय समितिको कार्यादेश विपरित अभिव्यक्ति दिनु भनेको केन्द्रीय कार्यसमितिको अपमान गरेको ठहरिने उहाँले बताउनुभयो ।

रावलले संसदमा प्रस्तुत भएका बाहेक अन्य दर्जन भन्दा बढी सम्झौताहरु पनि कार्यदलले फेला पारेको खुलासा गर्नुभएको छ । अहिलेसम्म संसदमा प्रस्तुत भएको बाहेक दर्जन बढी सम्झौता फेला परेको र अझै अरु पनि हुन सक्ने उहाँले बताउनुभयो । संसदमा प्रस्तुत भएको बाहेक अन्य सम्झौताहरुको विषयमा आचारसंहिताका कारण बोल्न नमिल्ने उहाँले बताउनुभयो ।

कार्यदलको सयम १० दिनका लागि थप गरिएको छ । ‘थपिएको १० दिनमा प्रतिवेदन तयार हुन्छ ?’ भन्ने प्रश्नमा, रावलले सम्झौताहरुको अध्ययन गर्नुपर्ने भएकाले समथ थप गरिएको र तोकिएको समयभित्रै प्रतिवेदन तयार हुने विश्वास व्यक्त गर्नुभयो । पहिले जानकारीमा नआएका कुराहरु पनि अध्ययनका क्रममा आएकाले समथ लागेको उहाँको भनाई छ ।