२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

असई केसी विरुद्ध ६० लाख विगो माग्दै मुद्दा दायर



अ+ अ-

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय अपराध महाशाखाका तत्कालीन प्रहरी सहायक निरीक्षक उमेश के.सी. विरुद्ध ६० लाख विगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार, महानगरीय प्रहरी परिसर ललितपुरमा दर्ता भएको सामुहिक जबरजस्ती करणी मुद्दामा उक्त मुद्दाका प्रतिवादीहरु पुर्पक्षको लागि कारागारमा रहेको अवस्थामा बकपत्रको समयमा पीडितसमेतको बयान मिलाई दिने प्रयोजनार्थ के.सी.ले सेवाग्राहीसँग घुस मागेको आयोगले जनाएको छ ।

आयोगले उक्त घुस रकम लिन राजी भै लिनसमेत आई उक्त घुस लिने उद्योग गरेको सप्रमाण पुष्टि भएको जनाएको छ । केसीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन अनुसारको कसुरको उद्योग गर्ने कसुर भएकोले बिगो रु. ६० लाख कायम गरी मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।