४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

उपत्यकाको पार्किङ व्यवस्थापनमा मन्त्री मानन्धरको चासो

उपत्यकाको पार्किङ व्यवस्थापनमा मन्त्री मानन्धरको चासो
अ+ अ-

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौं उपत्यकाको पार्किङ व्यवस्थापनमा चासो व्यक्त गरेका छन् ।

आइतवार ट्राफिक प्रहरी प्रमुख भीम प्रसाद ढकालसहित सरोकारवालासँग छलफल गर्दै मन्त्री मानन्धरले उपत्यकाको अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न निर्देशन दिए ।

ट्राफिक प्रहरी प्रमुख ढकाल, महानगर प्रहरीका प्रमुख धनपति सापकोटा लगायत वरिष्ठ अधिकारीहरु सहभागी कार्यक्रममा मन्त्री मानन्धरले उपत्यकामा तत्कालीन र दीर्घकालीन पार्किङको योजना बनाउन निर्देशन दिएका हुन् । ‘उपत्यकामा पार्किङ अव्यवस्थित भयो,’ मन्त्री मानन्धरले भने,‘यसलाई व्यवस्थापन गर्न अल्पकालीन र दीर्घकालीन योजनाहरु आवश्यक छ ।’

सरकारले सहरी क्षेत्रको पार्किङ व्यवस्थापनका लागि कार्ययोजना बनाइरहेको बताउँदै राज्यमन्त्री मानन्धरले सहरी सुन्दरतालाई कायम राख्ने गरि कार्यक्रमहरु ल्याउने बताए ।

शहरमा खाली रहेका जमिनमा व्यवस्थित पार्किङ स्थल बनाउने बताउँदै मन्त्री मानन्धरले भने,‘उपत्यकामा खाली रहेका स्थानहरुमा व्यवस्थित पार्किङ स्थलहरु बनाइने र ति स्मार्ट हुने गरि निर्माण गर्ने गरि कार्ययोजना तयार हुनेछ ।’