४ श्रावण २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री शाहले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र सरकारको परराष्ट्र नीतिः भूराजनीतिक जटिलतामा थपिँदै कूटनीतिक शून्यता पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध स्पेनले उपाधि उचालेसंगै सकियो विश्वकपको उत्सव-फोटो फिचर कर्णालीमा हिमालय आँखा अस्पतालको सेवा विस्तार, एक वर्षमा १७ हजारलाई सेवा च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह इरानमाथि अमेरिकी सेनाको लगातार नवौँ रात हवाई आक्रमण जारी भारतको गुजरातमा अवैध पटाका कारखानामा विस्फोटः ५ जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सामाजिक सञ्जाल र शहरबजारमा होहल्ला गर्ने, इतिहास र निष्ठाविहीनहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएको टिप्पणी गर्नुभएको छ ।

रुकुमपूर्वदेखि काठमाडौंसम्म यात्रामा आएका केशव रावलको सम्मानसहितको यात्रा समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

दशकौँको संघर्ष, त्याग र तपस्याबाट स्थापित पार्टीहरू अब आवश्यक छैनन् भन्ने भाष्य निर्माण गर्न खोजिएको उहाँको भनाइ छ । उहाँले सामाजिक सञ्जालमार्फत हल्ला गर्नेहरूलाई नै मुक्तिदाता जस्तो गरी प्रश्तुत गर्दा नागरिकमा भ्रम पार्न खोजिएको भएपनि आवस्तविकता त्यस्तो नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सामाजिक सञ्जाल र्हेयो भने, शहरबजारका मान्छेका होहल्ला र्हेयो भने त विचारविहीन, इतिहासविहीन, त्याग तपस्या बलिदान र निष्ठाविहीनहरूले नेपाल पूरै कब्जा गरिसके भनेजस्तो छ । पार्टीहरू त सिद्धिसके भन्ने छ । जसले दशकौँ लडाईं गरेर त्याग र तपस्या विचार र निष्ठाका कीर्तिमान राखेका बदमास र यिनको अब काम छैन भन्याजस्तो । सोसल मिडियाबाट होहल्ला गर्नेहरू नै मुक्तिदाता हुन् भनेर बजार र मोबाइल हेर्नेको हातहातमा त्यस्तै हो कि भन्ने भ्रम पर्ने गरेको छ । तपाईले पैदल यात्रा गरेर सबै ठाउँका र सबै पार्टीका समर्थकहरुको भावना बुझ्दा त्यस्तो होइन है भन्ने बुझियो । अहिले पनि नेपाली कम्युनिष्ट पार्टी र हाम्रो एकतअ प्रक्रियाप्रति सकारात्मक भाव छ भनेर तपाईले जुन कुरा राख्नुभयो यसले पनि बलियो सन्देश नै प्रवाह गर्नुभयो ।’

उहाँले रावलको पैदल यात्राले पार्टीका नेता तथा कार्यकर्ताहरुमा समेत एकताको सन्देश प्रवाह भएको उहाँको भनाइ छ ।