१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित

निजी क्षेत्रसँगको साझेदरीबाट मात्र देशमा समृद्धि– उपाध्यक्ष ढकाल

निजी क्षेत्रसँगको साझेदरीबाट मात्र देशमा समृद्धि– उपाध्यक्ष ढकाल
अ अ+ अ-


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले व्यवसायिक प्रवद्र्धनका लागि ढुक्कसँग कामगर्ने वातावरणको सृजना गरी उनीहरुसँग सही अर्थमा साझेदारी गर्न सकिएमा मात्र देशमा समृद्धि प्राप्त हुने बताएका छन् । दार्चुलामा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय महोत्सवलाई आइताबर सम्बोधन गर्दै उनले भने– निजी क्षेत्रलाई सरकारले विकासको साझेदारका रुपमा लिएर हातेमालो गरेर अघि नबढ्दासम्म देशमा समृद्धि सम्भव छैन ।

नेपालका तीनओटै तहका सरकारहरुले निजी क्षेत्रसँग सही अर्थमा र व्यावहारिक रुपमा साझेदारी गर्न सकेमा प्रदेशस्तरमा लगानी भित्रिने छ र यसबाट समृद्ध नेपाल र सुखी नेपालीको सरकारको अभियान सार्थक बन्नेछ उनले भने । नेपालको आर्थिक विकास तथा समृद्धिको यात्रामा निजी क्षेत्रको आवश्यकता र महत्वमाथि प्रकाशपार्दै उनले भने– देश विकासको तीन खम्बे अर्थनीतिमा निजी क्षेत्र एक दरिलो खम्बा हो र यससँगको सहकार्य र साझेदारीबाट मात्र देश समृद्ध बन्न सक्छ । उनले नेपाल नयाँ राजनीतिक संरचनामा प्रवेश गरेसँगै संघीय, प्रदेश र स्थानीय सरकारहरुले आ–आफ्ना क्षेत्रमा लगानी भित्र्याउन प्रतिश्पर्धा गरेको देखिएकोले यसलाई व्यावहारिकतामा परिणत गरी तीनै तहका सरकारले निजी क्षेत्रको प्रवद्र्धन गरी अघि बढ्न सुझाव दिए ।

उपाध्यक्ष ढकालले आर्थिक क्षेत्र, व्यावसाय, श्रम, कर आदिका विषयमा नियम कानूनहरु निर्माण गर्दा सरोेकारवाला निजी क्षेत्रसँगको सल्लाह र परामर्शबाट ल्याउन सकिएमा यसको कार्यान्वयनमा सहयोग पुग्ने र अन्ततः यसबाट राज्य र नेपाली नागरिक नै लाभान्वित हुने धारणा पनि राखे । कार्यक्रमका प्रमुख अतिथि इश्वर पोखरेललाई स्थानीय व्यवसायीहरुले स्थानीय स्तरका गुनासाहरु राखेपछि नेपाल उद्योगा वाणिज्य महासंघको उपाध्यक्षका हैसियतले ढकालले सो धारणा राखेका हुन् ।

लोकल उत्पादन भन्दा पनि बाहिरबाट आयातित सामानहरु राखेको देखेको टिप्पणी गर्दै उनले भने– यस्ता मेला महोत्सवहरुमा स्थानीय उत्पादन र सीपलाई प्राथमिकता दिनुपर्छ किनभने स्थानीय उत्पादनले बजारमा चिनिन पाउने यो एक महत्वपूर्ण अवसर पनि हो ।
कृषि, जडिबुटी, जैविकि विविधता तथा अरु धेरै क्षेत्रमा देशको सुदूरपश्चिम क्षेत्र धेरै सम्पन्न भएकोले आगामी यस्ता मेला महोत्सवहरुमा ती उत्पादनहरुले नै स्थान पाउन् भनी सुझाव पनि दिए ।

यसअघि आजै बिहान डडेल्धुरामा जिल्ला उद्योग वाणिज्य संघले उहाँलाई सम्मान गरेको थियो । त्यस क्रममा उहाँले उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसामू जिल्ला नगरका साथीहरुले आफ्नो व्यवसायको वातावरणका लागि धेरै गुनासो आउने गरेकोले आफू व्यवसायी साथीहरुका यी समस्याप्रति सदैव गम्भीर रहेको बताएका थिए ।

म महासंघको एक पदाधिकारीका साथै देशका ७७ वटै जिल्लामा व्यावसायिक नेटवर्क छ, ती सबै जिल्ला नगरका साथीहरुका मुद्दाहरुलाई मैले सम्बोधन गरिन भने या उहाँहरुका गुनासोहरुको ‘रेस्पोन्स्’ गरिन भने उहाँहरुप्रति न्याय हुदैन भन्ने कुरा मलाई राम्ररी थाहा छ । उनले भने, म महासंघमा त केही वर्षका लागि रहुँला तर पनि देशैभरि रहेको मेरो व्यवसायका कारण पनि भोलिका दिनहरुमा म तपाईँहरुसँगै रहेर काम गर्ने हो, भोलिका दिनमा पनि तपाईँ व्यावसायी साथीहरुकै बीचमा रहने हो ।