१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर

आजका नयाँ र हिजोका नयाँहरूको कल नसो एउटै नपरोस्ः गोकुल बास्कोटा

आजका नयाँ र हिजोका नयाँहरूको कल नसो एउटै नपरोस्ः गोकुल बास्कोटा
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले राजनीतिक घटनाक्रम र शक्ति केन्द्रको भूमिकालाई सङ्केत गर्दै आजका ‘नयाँ’ र हिजोका ‘नयाँ’ पात्रहरूको मूल जरो खोज्दा तिनको ‘कल नसो’ एउटै पर्न सक्ने टिप्पणी गर्नुभएको छ।

सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्नुभएका नेता बास्कोटाले यदि आज र हिजोका नयाँ पात्रहरूको स्वर र प्रवृत्ति मिल्न गए पनि त्यसलाई अनौठो मान्न नहुने बताउनुभएको छ। उहाँका अनुसार यसको कारण एउटै कथा लेखक हुनु हो, जहाँ केवल समय, सन्दर्भ र पात्र मात्रै फरक हुने गर्छन्।

नेता बास्कोटाले शक्ति केन्द्रले आफ्ना नयाँ मिसन पूरा गर्न सधैँ नयाँ पात्रको खोजी गर्ने गरेको उल्लेख गर्नुभएको छ। उहाँले यस अवस्थालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै जसरी कुनै मालिकले हरेक वर्ष बढी नाफाका लागि नयाँ नोकर खोज्ने गर्छ, ठिक त्यसैगरी शक्ति केन्द्रले पनि आफ्ना उद्देश्यअनुसार नयाँ पात्र अघि सार्ने गरेको टिप्पणी गर्नुभएको छ।

उहाँको उक्त भनाइलाई समसामयिक राजनीतिक गतिविधि, नेतृत्व निर्माण र बाह्य प्रभावका सन्दर्भमा अर्थपूर्ण सङ्केतका रूपमा हेरिएको छ। एमाले नेता बास्कोटाको यो धारणा पछिल्लो समय देखिएका राजनीतिक घटनाक्रम र नयाँ पात्रहरूको उदयसँग जोडेर विश्लेषण हुन थालेको छ।

यस्तो छ बास्काेटाकाे फेसबुक स्ट्याटस :

मूल जरो खोज्दै जाँदा आजका नयाँ र हिजोका नयाँहरूको कल नसो एउटै नपरोस्। परेछ भने पनि खासै अनौठो यसर्थ हुँदैन कि कथा लेखक उनै हुन -केवल समय,सन्दर्भ र पात्र फरक हुन।शक्ति केन्द्र उसको नयाँ मिसनका लागि नयाँ पात्र खोज्छ,ठिक त्यसै गरी -जसरी मालिक हरेक साल बढी नाफाका लागी नयाँ नोकर खोज्छ।