४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध

निःशुल्क आँखा शिविरः मोतियाबिन्दुको समस्या उच्च

निःशुल्क आँखा शिविरः मोतियाबिन्दुको समस्या उच्च
अ+ अ-

गण्डकी । समय–समयमा आँखा परीक्षण नगराउँदा मोतियाबिन्दुको समस्या रहेको पाइएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा फरक फरक स्थानमा आयोजना गरिएका निःशुल्क आँखा परीक्षण शिविरहरुमा मोतियाबिन्दुको समस्या उच्च भेटिएको हो ।

स्याङ्जाको वालिङ नगरपालिकामा हालै आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ५१० जनाको परीक्षण गर्दा ४१ जना तथा घोडाघोडी नगरपालिकामा ३८४ जनाको परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दुको समस्या भेटिएको थियो ।

नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पतालद्वारा वालिङ नगरपालिकाको आयोजना तथा आइकेयर फाउन्डेसनको आर्थिक सहयोगमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो । गेटा आँखा अस्पतालद्वारा घोडाघोडी–१ सुख्खडमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो । अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक तथा वरिष्ठ नेत्र अधिकृत रमेशचन्द्र भट्टले मोतियाबिन्दु देखिएका सबै बिरामीको गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया समेत गरिएको थियो ।

हिमालय आँखा अस्पतालका बाह्य कार्यक्रम प्रमुख तथा नेत्र अधिकृत सुवास नेपालका अनुसार मोतियाबिन्दु देखिएका सबै बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । शिविरमा चश्मा आवश्यक देखिएका ५६ जना बिरामीलाई निःशुल्क चश्मासमेत वितरण गरिएका थियो ।

हिमालय आँखा अस्पतालका नेत्ररोग विषेशज्ञ डा कृष्णा गुरुङको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले आँखा परीक्षण तथा शल्यक्रिया गरेको थियो । अस्पतालले विभिन्न विकास साझेदारहरूसँगको सहकार्यमा गण्डकी प्रदेश तथा कर्णाली प्रदेशमा निःशुल्क शिविर सञ्चालन गर्दै आइरहेको छ ।

नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दले ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी–आँखा सेवामा साझेदारी’ भन्ने मूल नाराका साथ सङ्घले विभिन्न निकायसँगको सहकार्यमा अस्पतालको पहुँचभन्दा टाढा रहेका नागरिकलाई लक्षित गरी वार्षिक आँखा शिविर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

उहाँले ग्रामीण क्षेत्रका न्यून आय, गरिब तथा विपन्न नागरिकहरू आर्थिक तथा भौगोलिक पहुँचको अभावका कारण स्वास्थ्य समस्या हुँदाहुँदै पनि उपचारबाट वञ्चित हुने अवस्थालाई मध्यनजर गर्दै सङ्घले उनीहरूको घरआँगनमै पुगेर गुणस्तरीय आँखा उपचार सेवा प्रदान गरिरहेको उल्लेख गर्नुभयो ।

त्यसैगरी, सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार सङ्घले हालसम्म देशका ६७ जिल्लामा स्थायी आँखा उपचार संरचना स्थापना गरिसकेको छभने ७७ वटै जिल्लाका नागरिकलाई आँखा उपचार सेवाको पहुँचमा ल्याएको छ ।

सङ्घले स्थापनाकालदेखि सन् २०२४ को अन्त्यसम्म २८ आँखा अस्पताल तथा २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिकसहित विभिन्न देशका गरी कुल चार करोड ६८ लाख ६८ हजार ६० जनालाई आँखा उपचार सेवा प्रदान गरिएको छ । यस अवधिमा ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको सङ्घले जनाएको छ । रासस