१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित

पैदल यात्रुमैत्री छैनन् सडकपेटी

पैदल यात्रुमैत्री छैनन् सडकपेटी
अ अ+ अ-

बाँके । नेपालगञ्जका अधिकांश सडकपेटी पैदल यात्रुमैत्री छैनन् । जोखिम मोलेर यात्रुले मुख्य सडकबाटै हिड्नुपर्ने बाध्यता छ । निर्माण भएका सडकपेटीमा व्यवसायीले सामान राखेर हिँड्नै नमिल्ने बनाउने गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको प्रभावकारी ध्यान जान सकेको छैन ।

नेपालगञ्जको मुख्य बजारका रूपमा रहेको त्रिभुवन चोक, सदरलाइन, बागेश्वरी मन्दिर क्षेत्र नयाँ सडक र सुर्खेतरोडमै यस्तो समस्या बढी देखिएको छ । सदरलाइन, त्रिभुवन चोक, बागेश्वरी मन्दिर आसपासको सडकपेटी ज्यादै साघुँरो छ । दुई पैदलयात्रु क्रस हुन मुस्किल पर्ने गरेको छ । त्यसैमाथि स्थानीय व्यवसायीले सडकपेटीमै पसल राख्ने गरेपछि झनै समस्या बढेको छ ।

विपरीत दिशाबाट आउँदै गरेकालाई पालो दिएरमात्रै आफू अघि बढ्ने संरचना छन् । बाटो काट्न र गन्तव्य पुग्ने संरचना मापदण्डअनुसार नहुँदा सवारी चालकले पनि दिनहुँ समस्या झेल्नुपर्ने बाध्यता रहेको सवारी चालक ईश्वरी शर्मा बताउनुहुन्छ । सडक मापदण्ड, २०७० अनुसार १५ मिनेटमा सडकपेटीमा पाँचसय पैदल यात्रु हिँड्ने भएमा एक दशमलब पाँच मिटरको चौडाइ भएको फुटपाथको व्यवस्था गरिनुपर्ने प्रावधान छ ।

एक हजार पाँच सयसम्म पैदल यात्रु हिँड्ने भएमा दुई मिटर र २५ सयसम्म यात्रु हिँड्ने भएमा साढे दुई मिटरको हुनुपर्छ । पैतीस सयसम्म यात्रुको ओहोरदोहोर हुने सडकपेटीको चौडाइ तीन मिटरको हुनुपर्छ । तर, नेपालगञ्जमा यस्तो मापदण्डअनुसार सडकपेटी बनेका छैनन् । बनाउनेतर्फ पनि कसैले चासो देखाएका छैनन् । सदरलाइन, पासाङ ल्हामुमार्ग, फुलटेक्रा जाने सडकमा त प्रभावकारी सडकपेटी नै छैन ।

भएका पनि अतिक्रमणमा परेर पैदल यात्रुले हिँड्न त के हेर्नसमेत नसकिने अवस्थामा छन् । अधिकांश पेटी साँघुरा भएकाले एक जनासमेत हिँड्न मिल्दैन । पछिल्लो समयममा स्तरोन्नति गरिएको सुर्खेतरोडमा समेत व्यवसायीले अतिक्रमण बढाएका छन् । “मापदण्डअनुसार सडकपेटी नभएको सत्य हो”, उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेल भन्नुहुन्छ, “सडक विस्तार गर्दा सवारी गुड्ने संरचनालाई प्राथमिकतामा दिँदा समस्या बढ्न थालेको हो ।”

उहाँका अनुसार बढ्दो जनघनत्वले नेपालगञ्जमा यस्तो समस्या आएको हो । सडकपेटीमा यात्रुले पहिलो प्राथमिकता पाउनुपर्ने भए पनि विद्युत् र टेलिफोनका पोलसँगै बोट विरूवा रोप्दा समस्या बढ्ने गरेको छ । सडकपेटी ओगटेर मोटरसाइकल र सवारी पार्किङ गर्ने र सार्वजनिक सेवा प्रदायक निकायले सवारी पार्किङको सुविधा उपलब्ध नगराउँदा समस्या बढिरहेको छ । बेमौसमी रूपमा उपमहानगरपालिकाले सडकपेटी खाली गर्न लगाए पनि दीर्घकालीन समस्या समाधान भने हुन सकेको देखिँदैन ।