३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

जेनजी आन्दोलनः सहाराविहीन भयो सहिद थापाको परिवार

जेनजी आन्दोलनः सहाराविहीन भयो सहिद थापाको परिवार
अ+ अ-

काठमाडौँ । गत भदौ २४ गते बिहान १० बजेतिर धनगढीमा रहेकी पुष्पालाई  श्रीमान् उत्तम थापाले फोनमा तीन दिनपछि घर आउँछु, टिकट काटिसके भनेका थिए । अघिल्लो दिन काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा अप्रिय घटना भएकाले त्यस दिनको अवस्था के छ भनेर पनि पुष्पाले श्रीमान्लाई सोधेकी थिइन् ।

जवाफमा प्रहरी जवान थापाले आफू महाराजगञ्जस्थित प्रहरी वृत्त कार्यालयमै रहेको र अवस्था सामान्य भएको बताएका थिए । “आज हिजोजस्तो तनावपूर्ण अवस्था छैन, तीन दिनपछि घर आउँछु, बसको टिकट काटिसकेँ, मेरो चिन्ता लिनुपर्र्दैन”, थापाले फोनमा भनेका थिए । तर थापाले भनेजस्तो भएन । दिन ढल्दै जाँदा काठमाडौँमा तनाव बढ्यो । प्रदर्शनकारीहरुले संसद् भवन जलाए, त्यसपछि सिंहदरबार, सर्वोच्च अदालत पनि जले । प्रदर्शनकारीहरु महारागञ्जस्थित प्रहरी कार्यालयमा प्रवेश गरी प्रहरीमाथि कुटपिट गर्न थाले । कुटपिटका कारण प्रहरी जवान थापाको मृत्यु भयो ।

थापामाथि भएको कुटपिटको भिडियो केही समयमै सामाजिक सञ्जाल हुँदै श्रीमती पुष्पासम्म पुग्यो । यद्यपि पुष्पालाई श्रीमान्लाई केही भएको छैन, जीवितै हुनुहुन्छ भन्ने लागिरह्यो । मृत्यु भइसक्यो भन्ने विश्वास नै गर्न सकिनन् । दार्चुला, लेकम गाउँपालिका–३ का थापा परिवारका जेठा सदस्य थिए । उहाँका भाइ महेशको केही महिना अघि महाकाली नदीमा धार्मिक काम सकेर घर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएको थियो । छोराको मृत्यु भएपछि कान्छि बुहारीले घर छाडिन् ।

करिब एक दशकअघि श्रीमान् गुमाएकी निर्मलादेवीले पछिल्लो एक वर्षमा दुवै सन्तान गुमाइन् । थापाको मृत्युसँगै निर्मलादेवीको संसार उजाडिएको छ । उपचार गराइरहनुपर्ने बिरामी शरीर र सन्तान गुमाउनु पर्दाको पीडामा उनले आफूलाई सम्हालन सकेकी छैनन् । एक वर्षअघि सम्म पाँच जनाको सुखी परिवार सासू र बुहारीमा मात्रै सीमित भएको छ । परिवारको आशा र भरोसा मानेका दुवै छोराले संसार छाडिसकेका छन् ।

आमा र श्रीमतीले उत्तमको शव पनि हेर्न पाएनन् । घटनामा थापाको मृत्यु भएको पुष्टि भएपछि सासूलाई लिएर पुष्पा काठमाडौँ आउने तयारी गरेकी थिएन । तर अवस्था प्रतिकूल बन्यो । थापाको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरियो । काका रुपसिंह थापाले महेन्द्रनगरमै किरिया गरे । श्रीमती पुष्पा काठमाडौँ आउन पाइनन् । त्यो समयमा आमा निर्मला भने लालीमै अड्किइन् ।

प्रहरी जवान थापाले गाउँमै रहेको कृष्ण माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका थिए । त्यसपछि प्रहरीमै कार्यरत काका रूपसिंह थापाले प्रहरी तालिम केन्द्र दिपायलमा कार्यालय सहयोगीका रूपमा काममा लगाएका थिए  । विसं २०७३ सालमा प्रहरीमा भर्ना भएका थापाको प्रदेश प्रहरी गुल्म धनगढीमा पोस्टिङ भएको थियो  । लामो समय धनगढीमै बिताएपछि उत्तमको केही महिनाअघि मात्रै काठमाडौँ सरुवा भएको थियो । उनले ऋणधन गरेर धनगढीमा १० धुरजति जग्गा किनेका थिए, त्यसमा केही समयपछि घर बनाउने सपना पनि बुनेका थिए । तर जग्गा किनेको ऋण नसकिँदै घर बनाउने सपना पनि तुहियो ।

थापाका साला नारायण भट्टराईले भन्नुभयो, “भिनाजुको निधनपछि दिदी र आमा अहिले सहाराविहीन हुनुभएको छ, आमाको उपचार चलिरहेको छ, भिनाजुको मृत्यु भएपछि मैले उहाँहरुलाई सहयोग गरिरहेको छु, मैले पनि कहिलेसम्म सहयोग गर्न सक्छु थाहा छैन ।” उहाँले आफू केही महिनाअघि विदेशबाट फर्किएकाले अब फेरि पनि त्यतै जाने तयारी गरिरहेको सुनाउनुभयो ।

थापालाई सरकारले सहिद घोषणा गरिसकेको छ । परिवारलाई केही रकम पनि उपलब्ध गराइसकेको छ । आर्थिक रुपमा केही सहयोग गरे पनि परिवार भने उजाडिएको छ । थापाकी श्रीमती पुष्पा श्रीमान्को हत्या गर्नेविरुद्ध कडाभन्दा कडा कारबाही हुनुपर्छ भन्नुहुन्छ । सरकारले थापाको हत्याको आरोपमा सिन्धुली गोलञ्जोर गाउँपालिका–१ का अलिष श्रेष्ठ र रसुवा उत्तरगया गाउँपालिका–४ का सौरभ तामाङलाई पक्राउ गरी कारबाही अगाडि बढाइसकेको छ । साथै आफूलाई पनि सानो भए पनि जागिर उपलब्ध गराउनुपर्ने पनि उहाँको माग छ । रासस