१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित

गाउँगाउँमा ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माण

गाउँगाउँमा ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माण
अ अ+ अ-

सुरेन्द्र भण्डारी, झापा । ज्येष्ठ नागरिकको हक हितका लागि झापाका गाउँगाउँमा स्थानीय तह र प्रदेश सरकारको सहयोगमा ‘ज्येष्ठ नागरिक सामुदायिक भवन’ निर्माण भइरहेका छन् ।

बाह्रदशी गाउँपालिका–१ भागुडुब्बामा प्रदेश सरकारको सहयोगमा अहिले रु एक करोड ३६ लाख ६५ हजारको लागतमा ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माण भइरहेको बाह्रदशी गाउँपालिका–१ का वडाध्यक्ष शंभूसिंह राजवंशीले बताउनुभयो । भवन यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न हुन्छ अध्यक्ष राजवंशीले भन्नुभयो ।

“गाउँघरमा रहेका ज्येष्ठ नागरिकलाई भेला गर्दै उनीहरुलाई भजन कीर्तनमा सहभागी गराएर सधैँ मनोरञ्जन प्रदान गर्ने उद्देश्यले सामुदायिक भवन निर्माण गरेका हौँ” अध्यक्ष राजवंशीले भन्नुभयो, “यहाँ वडाकै सहयोगमा धार्मिकसभा सम्मेलन हुन्छ, जिल्लाभरिका ज्येष्ठ नागरिकलाई भेला गर्दै धार्मिक प्रवचन, महायज्ञ, पुराना अनुभव साटासाट, गीता, रामायण, महाभारत जस्ता धार्मिक पुस्तकको पाठ गराउँदै वृद्धवृद्धालाई सधैँ खुशी राख्न प्रयत्न गराउँछौँ ।”

उहाँले दुईतले भवनको तल्लो तहमा सभाहलसहित किचन, डाइनिङ र माथिल्लो तलामा चारवटा कोठा गेष्ट रुम बनाइन्छ भन्नुभयो । “धार्मिकसभा सम्मेलनमा आएका गेष्टलाई त्यहीँ बस्ने वातावरण मिलाउने र सामुदायिक भवनमै खानाको समेत प्रबन्ध गर्दै गाउँपालिकाकै पहिलो र नमूना ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माण गरिनेछ”, उहाँले भन्नुभयो, “सामुदायिक भवन भित्र प्रवेश गरेपछि वृद्धवृद्धाले छुट्टै आनन्द महसुस गर्नेछन् ।” अध्यक्ष राजवंशीले ज्येष्ठ नागरिक ज्यूँदा भगवान हुन् उनीहरुको सम्मान गर्दै ज्येष्ठ नागरिकको ज्ञान यही सामुदायिक भवनबाट युवा पुस्तामा आदन प्रदान गर्ने व्यवस्था मिलाउने बताउनुभयो ।

स्थानीय दाता पद्म थापा र पूर्णमाया थापाले एक एक कठ्ठा जमिन निःशुल्क प्रदान गरेपछि सामुदायिक भवन निर्माण थालिएको हो उहाँले भन्नुभयो । यता मुष्टिदानबाट रु दुई करोड सङ्कलन गर्दै सहारा नेपाल सहकारी संस्थाले झापाका विभिन्न सात स्थानमा ज्येष्ठ नागरिक चौतारी निर्माण गरेको छ भने आठवटा निर्माणाधीन अवस्थामा रहेको सहकारीका ज्येष्ठ नागरिक व्यवस्थापन उपसमितिका संयोजक दिलीप शर्माले बताउनुभयो ।

शर्माका अनुसार बुधबारेको होक्से, कन्काई नगरपालिकाको लक्ष्मीपुर, घैलाडुब्बा, कालीमुढा, मेचीनगरको बाहुनडाँगीस्थित भृकुटी र बाह्रदशीको चकचकीमा सुविधा सम्पन्न ज्येष्ठ नागरिक चौतारी निर्माण भएका छन् । जहाँ त्यस क्षेत्रमा रहेका ज्येष्ठ नागरिक हरेक शनिबार जमघट हुँदै भजन–कीर्तन, नाचगान, सङ्गीनी, बालन खेल्दै दौतरीसँग भलाकुसारी र मनोरञ्जन गर्दै दिन बिताउने गरेका छन् ।

सहारा नेपाल सहकारी संस्थाको अगुवाईमा अहिले झापाका दश स्थानमा थप ज्येष्ठ नागरिक भवन निर्माण भइरहेका छन् । कनकाई नगरपालिकाको जामुनबारी, वुद्धशान्तिको ४, ६ र ७ मा त्यस्तै विर्तामोड नगरपालिकाको ७ र ८ नम्बर वडा, झापा गाउँपालिकाको शरणामतीमा ज्येष्ठ नागरिक भवन निर्माण भइरहेको शर्माले बताउनुभयो ।

भवन निर्माणका लागि सहारा नेपालका शेयर सदस्यले प्रत्येक दिन मुष्टिदान स्वरुप एक रुपैयाँ प्रदान गर्दै आएका छन् । सहकारीमा आवद्ध शेयर सदस्यले ज्येष्ठ नागरिकको सम्मान स्वरुप प्रत्येक दिन एक÷एक रुपैयाँ प्रदान गर्ने र वर्षमा ३६५ रुपैयाँ सहयोग गर्दा एक करोड रुपैयाँ रकम सङ्कलन हुँदोरहेछ त्यही पैसाले झापाका विभिन्न स्थानमा ज्येष्ठ नागरिक चौतारी निर्माण भएको र भइरहेका छन् शर्माले भन्नुभयो । गत वर्ष पनि एक करोड रुपैयाँ सङ्कलन भएको थियो सोही पैसाले सामुदायिक भवन निर्माण भएको हो उहाँले भन्नुभयो ।

गतवर्षबाट थालिएको यो अभियान प्रभावकारी भएपछि यो वर्ष पनि निरन्तरता दिइएको बताइएको छ । ज्येष्ठ नागरिक चौतारी निर्माणका लागि स्थानीयपालिका र ज्येष्ठ नागरिक सङ्घले समेत सहयोग पु¥याउँदै आएको छ भने स्थानीय दाताले समेत सहयोग गर्दै आएका छन् ।

“प्रत्येक ज्येष्ठ नागरिक चौतारी निर्माणका लागि सहाराका सदस्यले मुष्टिदान स्वरुप प्रदान गरेको एक एक रुपैयाँ लगानी रहन्छ”, उहाँले भन्नुभयो, “यो वर्ष पनि कोषमा एक करोड रुपैयाँ रकम सङ्कलन भएको छ । हामी दश ठाउँमा भवन बनाउँदैछौँ ।” प्रत्येक चौतारी निर्माणका लागि सहकारीका तर्फबाट दश लाख रुपैयाँ र स्थानीय पालिका तथा सहयोगी दाताबाट आठदेखि दश लाख रुपैयाँ जुटाएर झण्डै २० लाख रुपैयाँमा सुविधासम्पन्न ज्येष्ठ नागरिक चौतारी निर्माण हुन्छ ।”

यो वर्ष आठवटा चौतारी निर्माणका लागि काम शुरु भएको र दुई वटा सम्झौताका चरणमा रहेको शर्माको भनाइ छ । उहाँका अनुसार सहकारीले निर्माण गर्ने ज्येष्ठ नागरिक चौतारी ६०÷३० फिटको हुन्छन् । टिनको छानो र ट्रसद्वारा चौतारी निर्माण गरिन्छ, शर्माले भन्नुभयो, ज्येष्ठ नागरिक चौतारीमा फ्री वाइफाइसहित सबै बाजागाजाका सामान हुन्छन् । पुस्तक पढ्नेका लागि पुस्तक पनि राखिएको हुन्छ ।

ज्येष्ठ नागरिकहरुका लागि कतिपय स्थानमा खानपानको समेत व्यवस्था गरिएको हुन्छ । “शनिबार बिहान १० बजेदेखि नै ज्येष्ठ नागरिकहरु भेला हुन्छन्”, उहाँले भन्नुभयो, “कतिपय ज्येष्ठ नागरिकहरु घरमा एक्लो महसुस गरिरहेका हुन्छन् तर, दौतरी भेटेपछि खुलेर बोलेको, हाँसेको देख्दा बेग्लै आनन्द हुन्छ ।” यसअघि बुधबारे, बाह्रदशीको चकचकी र कनकाईको लक्ष्मीपुरमा निर्माण गरिएको ज्येष्ठ नागरिक चौतरीका लागि १०÷१० लाख रुपैयाँ सहकारीले सहयोग गरेको छ ।

त्यस्तै कनकाईको घैलाडुब्बा, कालीमुढा, बाहुनडाँगीमा निर्माण भएका ज्येष्ठ नागरिक भवनका लागि साढे आठ लाख रुपैयाँ सहकारीले सहयोग गरेको छ । प्रत्येक चौतारी निर्माणका लागि १५ लाखभन्दा बढी रकम खर्च भएको शर्माले बताउनुभयो ।