३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

श्रमदान जुटाएर व्यवस्थित खेलमैदान

श्रमदान जुटाएर व्यवस्थित खेलमैदान
अ+ अ-

बेनी । अन्नपूर्ण गाउँपालिका–८ राम्चेका युवाले सरकारी बजेटमा सहयोग र श्रमदान जुटाएर व्यवस्थित खेलमैदान निर्माण गरेका छन् ।

स्थानीय देउराली आधारभूत विद्यालय परिसरको खेलमैदानमा युवाहरूको खेलकुद गतिविधिले विद्यालयको पठनपाठनमा असर गर्न थालेपछि युवाले राम्चे गाउँमा व्यवस्थित र आकर्षक खेलमैदान निर्माण गरेका हुन् ।

न्यू देउराली युवा क्लबको नेतृत्वमा गाउँपालिका र वडाकोे बजेटमा चन्दा सहयोग र श्रमदान जुटाएर करिब रु ८१ लाख बढी लगानीमा खेलमैदान तयार गरिएको हो । चार वर्षअघि जग्गा खरिद गरेर सुरु भएको खेलमैदान निर्माण योजनामा अहिलेसम्म रु ८१ लाख ४५ हजार नगद लगानी भएको छ भने युवाहरूले लाखौँ रकम बराबरको श्रमदानसमेत गरेका छन् ।

ढलानसहितको खेलमैदान, क्लब भवन, शौचालय, वरिपरी घेराबार, दर्शकका लागि प्यारापिट र कार्यक्रम सञ्चालनका लागि स्टेज निर्माण गरिएको क्लबका अध्यक्ष खिमबहादुर पुर्जाले जानकारी दिनुभयो । उहाँका अनुसार खेलमैदान निर्माण भएपछि गाउँमा युवालाई दैनिक रूपमा खेल अभ्यास गर्न र विभिन्न अवसरमा खेलकुद गतिविधि गर्न सहज भएको छ ।

जग्गा सम्याउने, खेलमैदान ढलान, ग्यावियन झाली लगाउने, स्टेज निर्माण, प्यारापिट, घेराबार, बास्केटबलको फाइबर बोर्ड राख्ने र भलिबलको पोल राख्ने लगायतका काम गरेर व्यवस्थित खेलमैदान तयार भएको क्लबले जनाएको छ । खेलमैदानमा निर्माण भएको प्याराफिटमा छानो राखेर थप व्यवस्थित बनाउने क्लबको योजना रहेको छ । खेलमैदान निर्माणमा वडा, गाउँपालिका, स्थानीय आमा समूह, बाबा समूह, टोल समूह स्वदेश तथा विदेशमा रहेका स्थानीयवासीले आर्थिक सहयोग गरेका छन् ।

खेलमैदान निर्माण गर्न वडा र पालिकास्तरीय योजनाअन्तर्गत खेलमैदान ढलानमा रु १४ लाख, खेलमैदान परिसरमा क्लब भवन बनाउन रु छ लाख, शौचालय बनाउन रु १३ लाख, स्टेज निर्माणमा रु १० लाख, घेरावार निर्माणमा रु चार लाख, प्याराफिट निर्माणमा रु छ लाख बजेट विनियोजन भएको थियो । बास्केटवल मैदानमा फाइबर बोर्ड राख्न देउराली आमा समूहले रु दुई लाख २० हजार सहयोग गरेको थियो । देश तथा विदेशमा रहेका राम्चेबासीबाट चन्दा सङ्कलन अभियानबाट थप करिब रु २६ लाख बराबरको सहयोग जुटाएर खेलमैदानको पूर्वाधार निर्माणमा परिचालन गरिएको क्लबले जनाएको छ ।

“हामीले रु सात लाख ऋण खोजेर खेलमैदान बनाउन सुरु गरेका थियौँ, वडा र गाउँपालिकाबाट नियमित रूपमा बजेट विनियोजन भयो, स्वदेश तथा विदेशमा रहनुभएका स्थानीयवासीले मन खोलेर सहयोग गर्नुभयो, हामी युवाहरूले पनि सकेको श्रमदान ग¥याँै, अहिले खेलमैदानका लागि आवश्यक पर्ने अधिकांश पूर्वाधार तयार भएको छ”, क्लबका अध्यक्ष पुर्जाले भन्नुभयो । उहाँका अनुसार क्लबले बजेटमा सहयोग र श्रमदान जुटाएर पूर्वाधार निर्माण गरी कोषमा केही रकम बचत गर्न सफल भएको छ ।

विसं २०४१ मा स्थापना भएको यस क्लबले यसअघि विद्यालय परिसरमा रहेको खेलमैदानमा खेलकुद गतिविधि सञ्चालन गर्नुपर्ने बाध्यता रहेको थियो । युवाहरूको खेल अभ्यास र गतिविधिसँगै विद्यालयको आन्तरिक खेलकुद तथा पठनपाठन प्रभावित बन्ने गरेको अवस्थामा सरकारी तबरबाट विनियोजन हुने बजेटमा थप सहयोग रकम र श्रमदान जुटाएर युवाहरूले उत्कृष्ट काम गरेको अन्नपूर्ण–८ राम्चेका वडाध्यक्ष खमबहादुर गर्बुजाले बताउनुभयो ।

“चार वर्षको अवधिमा सरकारी बजेट, सहयोग रकम र श्रमदानबाट करिब रु एक करोडको हाराहारीमा पूर्वाधार बनेको छ, यो वर्षसमेत क्लबको भवनमा सिलिङ बनाउन पालिकाबाट रु तीन लाख बजेट विनियोजन गरेका छौँ”, वडाध्यक्ष गर्बुजाले भन्नुभयो । नवनिर्मित खेलमैदानमा नियमित खेल अभ्यासका साथै मेला पर्व र गाउँमा आयोजना हुने सार्वजनिक महत्वका कार्यक्रम सञ्चालनमा सहज भएको छ । रासस