४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध

दलहरूले सञ्चारमाध्यममार्फत् चुनाव प्रचारप्रसार गर्न पाउने

दलहरूले सञ्चारमाध्यममार्फत् चुनाव प्रचारप्रसार गर्न पाउने
अ+ अ-

काठमाडौं । फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई सञ्चारमाध्यममार्फत् चुनावी प्रचार–प्रसार गर्न सक्ने व्यवस्था गरेको छ।

आयोगले जारी गरेको ‘निर्वाचन आचारसंहिता, २०८२’ अनुसार राजनीतिक दलले टेलिभिजन, रेडियो वा एफएम रेडियोमार्फत् २४ घण्टामा कम्तीमा एक घण्टाको अन्तरालमा बढीमा चार पटकसम्म विज्ञापन प्रसारण गर्न पाउने छन्। एक पटकको विज्ञापन अवधि बढीमा एक मिनेटसम्म सीमित गरिएको छ।

पत्रपत्रिकामार्फत् प्रचार–प्रसार गर्दा भने प्रत्येक दिन कुनै एक पत्रिकामा बढीमा चार कोलम × २५ सेन्टिमिटर उचाइसम्मको सामग्री प्रकाशन गर्न पाइने व्यवस्था गरिएको छ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारले पनि टेलिभिजन, रेडियो वा एफएममार्फत् २४ घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रचार सामग्री प्रसारण गराउन सक्ने छन्। पत्रपत्रिकामार्फत् प्रचार गर्दा पनि उनीहरूका लागि यही मापदण्ड लागू हुनेछ।

यस्तै, राजनीतिक दल वा उम्मेदवारले अनलाइन सञ्चारमाध्यममार्फत् निर्वाचन प्रचार–प्रसार गर्दा लागेको खर्चको विवरण अनिवार्य रूपमा निर्वाचन खर्च विवरणमा समावेश गरी प्रचलित कानुनबमोजिम पेस गर्नुपर्नेछ।

आयोगले सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिल नेपालमा सूचीकृत अनलाइन सञ्चारमाध्यमबाट मात्र चुनावी प्रचार–प्रसार गर्न पाउने व्यवस्था गरेको छ। अनलाइन माध्यममा एक मिनेटसम्मको श्रव्यदृश्य सामग्री, रोडब्लक, कन्टेन्ट ब्लक, होमपेज ब्यानर, डिटेल पेज ब्यानर तथा समाचारबीचका बक्स विज्ञापनमार्फत् प्रचार गर्न सकिनेछ।

तर, अनलाइनमा प्रकाशित वा प्रसारित सबै प्रचार सामग्रीमा सःशुल्क विज्ञापन भएको स्पष्ट जनाउ दिनुपर्नेछ। साथै, त्यस्ता सामग्रीमा गालीगलौज, मिथ्या सूचना, दुष्प्रचार वा द्वेषपूर्ण अभिव्यक्ति समावेश गर्न नपाइने आयोगले स्पष्ट पारेको छ।

आयोगले विदेशी सञ्चारमाध्यमबाट निर्वाचनसम्बन्धी प्रचार सामग्री प्रकाशन वा प्रसारण गर्न तथा गराउन पूर्ण रूपमा निषेध गरेको छ।