३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सडकमा ‘पेभर्स’ राख्ने क्रम बढ्दै

सडकमा ‘पेभर्स’ राख्ने क्रम बढ्दै
अ+ अ-

बनियानी । झापा जिल्लाको भित्री सडकहरुमा ‘पेभर्र्स’ राख्ने क्रम बढ्दै गएको छ । छिटोछरितो रुपमा निर्माण हुनुका साथै हेर्दा आकर्षक, टिकाउ र मर्मत गर्न सजिलो हुने भएपछि जिल्लामा कच्ची सडकमा पेभर्स राख्नेक्रम बढ्दै गएको हो । अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले नगर क्षेत्रमा अधिकांश सडक कालोपत्र र केही सडक पेभर्स लगाइरहेको बताउनुभयो ।

“पछिल्लो समयमा कम भारबहन क्षमता भएका भित्री सडकमा पेभर्स लगाएर सडक निर्माण गर्न थालिएको छ”, उहाँले भन्नुभयो, “हेर्दा राम्रो देखिने र भत्किहाले पनि मर्मत गर्न सजिलो हुँदोरहेछ ।”सडक निर्माण गर्ने ठेकेदारले नै पाँच वर्षको ग्यारेन्टी दिएर सडक मर्मत गर्ने भएकाले नगरपालिकालाई सहज हुने उहाँको भनाइ छ । “कालोपत्र तीन–चार वर्षमा भत्कियो भने हामीले आफ्नै स्रोतले मर्मत गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “पेभर्स सडक ग्यारेन्टी अवधिसम्म ढुक्क हुन्छ ।”

नगरपालिका अगाडि बनेको पेभर्स सडक अघिल्लो जनप्रतिनिधिको कार्यकालमै बनेको बताउनुहुँदै उपप्रमुख पराजुलीले भन्नुभयो, “झण्डै सात–आठ वर्ष जति भयो, सडकको अवस्था राम्रै छ ।”बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाले जनप्रतिनिधि आएको पछिल्लो आठ वर्षमा नगर क्षेत्रमा धेरै सडक कालोपत्र भएको बताउनुभयो ।

६०–४० को अवधारणा अनुसार ९नगरपालिकाको ६० प्रतिशत र उपभोक्ताबाट ४० प्रतिशत० नगर क्षेत्रमा पेभर्स सडक लगाउने काम भइरहेको उहाँले बताउनुभयो ।“गुणस्तरीयसँगै पाँच वर्षको ग्यारेन्टी हुने भएपछि उपभोक्ता समितिहरुले पेभर्स सडक बनाइरहनुभएको छ”, उहाँले भन्नुभयो, “पाँच वर्षको ग्यारेन्टी भए पनि १५ वर्षसम्म सडक टिक्ने हामीले बुझेका छौँ ।”

योजनामा उल्लेख भएअनुसारको सडक निर्माण भइरहेका सघन सहरी विकास कार्यालय झापाका प्रमुख प्रदीपकुमार सिंहले बताउनुभयो । “कालोपत्र लेखेको योजनामा सोही अनुसारको गर्छौँं”, उहाँले भन्नुभयो, “कतिपय योजनामा स्तरोन्नती भनेर उल्लेख हुन्छ, कपितय ठाउँमा सौन्दर्य करणका हिसाबले पनि पेभर्स सडक निर्माण गर्ने गरेका छौँ ।”

सबै ठाउँमा नभए पनि धेरैजसो ठाउँमा स्थानीयवासीले पेभर्स सडक बनाइदिनु भनेर आग्रह गर्ने गरेको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख राजेश्वर महतोले बताउनुभयो । “स्थानीयले सर हामीलाई रङ्गीचङ्गी पेभर्स सडक बनाइदिनुस् भनेर आग्रह गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “अवस्था हेरेर सम्भव भएसम्म काम गर्ने गरेका छौँ ।”

कार्यालयले फुटपाथको काम नगर्ने र सडकको मात्र काम गर्ने भएकाले नेपाल गुणस्तर चिह्न ९एनएस० प्राप्त पेभर्स नै प्रयोग गरेर सडक निर्माण गर्न बोलपत्र आह्वान गर्ने गरेको उहाँले बताउनुभयो । “सडकको ‘ट्राफिक’ हेरेर एनएस प्राप्त पेभर्स नै प्रयोग गरेर सडक निर्माण गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

जिल्लामा पेभर्सको माग र लोकप्रियता बढेसँगै यहाँका साना–ठूला उद्योगले खुल्ने क्रम जारी छ । जिल्लामा साना–मझौला करिब ५० वटा उद्योग छन् भने एउटा एनएस प्राप्त ठूलो उद्योगसमेत रहेको छ । पेभर्सको माग बढ्दै गएपछि उत्पादन बढाउन थालिएको अर्जुनधारा–७ स्थित विल्डकन इण्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक नवीन गट्टानीले बताउनुभयो । स्थानीय तह, सरकारी निकाय र निजी क्षेत्रका साना तथा भित्री सडक, पेटी बनाउन पेभर्सको प्रयोग गर्नेक्रम बढेको उहाँको भनाइ छ ।

आठ वर्षअघि स्थापना गरिएको उद्योगले सुरुवाती समयमा उत्पादन क्षमताको २० देखि ३० प्रतिशत मात्रै पेभर्स उत्पादन गर्दै आएकोमा हाल ५० प्रतिशत उत्पादन गर्न थालेको उहाँले बताउनुभयो ।

“नेपालमा एनएस प्राप्त पहिलो उद्योग हामीले नै सञ्चालनमा ल्याएका हौँ”, उहाँले भन्नुभयो, “अहिले देशभर १२ उद्योग छन् भने तीन वटा उद्योग सञ्चालनको तयारमा छ ।” नेपालमा मात्रै नभएर विश्वमै पेभर्स सडकको माग बढ्दै गएको उहाँ बताउनुहुन्छ ।

मापण्दड अनुरुप तयार पारिएको पेभर्सबाट बनेको सडकको पाँच वर्ष ग्यारेन्टी र २० वर्षभन्दा बढी आयु हुने उद्योगका अर्का सञ्चालक प्रदीप अग्रवालले बताउनुभयो । झापामा एउटा एनएस प्राप्त पेभर्स उद्योग रहेको छ, भने झण्डै ५० वटा साना तथा मझौला उद्योग रहेका छन् । जसबाट उत्पादित पेभर्सले सडक, सडकपेटी, सवारी पार्किङस्थल लगायतका संरचना निर्माण भइरहेका छन् । रासस