९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड इतिहासकै चौथो बढी कमाई गर्ने फिल्म बन्यो धुरन्धर



अ+ अ-

एजेन्सी । रणवीर सिंहको फिल्म ‘धुरन्धर’ले निरन्तर बक्स अफिस कलेक्सनमार्फत ठूला–ठूला रेकर्ड कायम गरिरहेको छ। फिल्मले चौथो शनिबार अर्थात् २७ डिसेम्बरमा २०.९० करोडको शानदार कलेक्सन गर्दै रणबीर कपूरको फिल्म एनिमल लाई पनि पछि पारेको छ।

फिल्मको विश्वव्यापी कलेक्सन १०२६ करोड पुगेको छ। यससँगै यो फिल्म बलिउडको इतिहासमा चौथो सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बन्न सफल भएको छ।

बलिउडका सबैभन्दा धेरै कमाइ गर्ने फिल्महरू

दंगल – २०४० करोड

जवान – ११४८ करोड

पठान – १०५० करोड

धुरन्धर – १०२६ करोड (२३ दिनमा)

एनिमल – ९१७ करोड

शाहरुख खानको ‘पठान’ को रेकर्ड चाँडै टुट्न सक्छ

फिल्म धुरन्धरको हालको कमाइलाई हेर्दा चौथो आइतबार बम्पर कलेक्सन गर्दै शाहरुख खानकोपठान को रेकर्ड तोड्ने अनुमान गरिएको छ। यो फिल्म ५ डिसेम्बरमा रिलिज भएको थियो।

चौथो हप्तामा पनि फिल्मले दैनिक करिब २० करोड रुपैयाँ हाराहारी कलेक्सन गरिरहेको छ। चौथो शुक्रबार फिल्मले १५ करोड कमाएको थियो भने शनिबार कलेक्सन बढेर २०.९० करोड पुगेको छ। यसरी आइतबार फिल्मले स्पष्ट रूपमा २० करोडभन्दा बढी कमाइ गर्न सक्ने देखिन्छ।

सबै भाषामा भारतको ९औँ सबैभन्दा धेरै कमाइ गर्ने फिल्म ‘धुरन्धर’

हिन्दी फिल्महरूमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्महरूको सूचीमा धुरन्धर चौथो स्थानमा रहेको छ। तर सबै भाषाका (हिन्दी, तमिल, तेलुगु, मलयालम, कन्नड) फिल्महरू समेट्दा भने धुरन्धर अझै पनि ९औँ स्थानमा रहेको छ।

सबैभन्दा धेरै कमाइ गर्ने भारतीय फिल्महरू

दंगल (हिन्दी) – २०४८ करोड

बाहुबली २ (तेलुगु) – १८१० करोड

पुष्पा २ः द रुल (तेलुगु)– १६४२ करोड

आरआरआर (तेलुगु)– १३०० करोड

केजीएफ २ (कन्नड) – १२०० करोड

जवान (हिन्दी) – ११४८ करोड

पठान (हिन्दी)– १०५० करोड

कल्कि २८९८ (तेलुगु)– १०४२ करोड

धुरन्धर (हिन्दी) – १०२६ करोड (२३ दिनमा)