४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध

चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’

चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’
अ+ अ-

काठमाडौँ । चन्द्रागिरि नगरपालिका ‘बालश्रममुक्त स्थानीय तह’ भएको छ । काठमाडौँमा चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’ हुने सम्भवतः पहिलो पालिका भएको जनाइएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनिया, सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे र चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले लगायतले आज यहाँ आयोजित विशेष कार्यक्रममा नगरपालिकालाई ‘बालश्रममुक्त स्थानीय तह’ घोषणा गर्नुभयो ।

यस अगाडि चन्द्रागिरि–१२ बलम्बूलाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको चन्द्रागिरि–१२ का कावा वडाध्यक्ष अञ्जु नेपालले जानकारी दिनुभयो । ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित विसं २०७९ असार २ गते वडा नं १४ लाई पहिलो ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको थियो ।

सो अवसरमा परम्परागत बाजागाजासहित नगरपरिक्रमासमेत गरिएको थियो । विसं २०८० असोज ४ मा वडा नं ३, सोही वर्षको फागुन २७ गते वडा नं ८, चैत २१ गते वडा नं ६, चैत २३ गते वडा नं ७, चैत ३० गते वडा नं ५, विसं २०८१ भदौ २९ मा वडा ११, सोही वर्षको असोज ५ मा वडा १०, माघ १० गते वडा ९ र माघ २५ मा वडा २, फागुन १८ वडा ४, विसं २०८२ जेठ ३० मा वडा १५, सोही वर्षको भदौ १३ गते वडा १३, भदौ १५ मा वडा १ लाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको हो ।

चालु आर्थिक वर्षभित्र सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिसक्ने नगरपालिकाको लक्ष्य रहेको थियो । लक्ष्यअगावै सो कार्य पूरा भएको जनाइएको छ । सो अवसरमा नगर प्रमुख गिरीले भन्नुभयो, “ बालश्रममुक्त स्थानीय तह’ घोषणा पछि यसको दिगोपनमा काम जारी राखिने छ । यस कार्यमा साथ र सहयोग गर्ने सबैमा धन्यवाद दिन चाहन्छु । ”

‘बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना ९२०७५–२०८५०, ‘बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७’, बालश्रम ९निषेध तथा नियमन गर्ने० ऐन २०५६ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा ‘बालश्रम निवारणसम्बन्धी चन्द्रागिरि नगरपालिकाको कार्ययोजना २०७६’ को लक्ष्यअनुसार बालश्रम निवारणको काम गरिएका थिए । चन्द्रागिरि– १५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका सभापति घनश्याम लुइँटेलले बालमैत्री नगर घोषणाका लागि प्रारम्भिक चरणमा विभिन्न सूचक पूरा गरी वडालाई बालश्रममुक्त बनाउँदै लगिएको जानकारी दिनुभयो ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण शाखा प्रमुख रश्मी श्रेष्ठले नगर कार्यपालिका, सरकारी कार्यालय, विद्यालय, बालक्लब, विभिन्न समिति, सङ्घ संस्था, उद्योग व्यवसाय क्षेत्रको अथक योगदान र सहयोगका कारण नगरपालिकालाई बालश्रममुक्त घोषणा भएकोे जानकारी दिनुभयो ।

यसअघि देशभरका छ स्थानीय तहमात्रै ‘बालश्रममुक्त घोषणा’ भएका बताइएको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण शाखाका अधिकृत विष्णुकुमारी बाँस्कोटाले नगरपालिकाले बालश्रम निवारणसम्बन्धी कार्ययोजना बनाई बालश्रममुक्त नगर तथा वडा निर्माणका लागि विविध कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । सो अवसरमा ‘बालश्रममुक्त स्थानीय तह’ घोषणाका चरणसम्म ल्याइपु¥याउन अथक सहयोग गर्ने व्यक्ति तथा सस्थालाई सम्मान समेत प्रदान गरिएको थियो । रासस