१६ श्रावण २०८३, शनिबार
,
Latest
निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा एक वर्षमा ३३३ उद्योग दर्ता सुदूरपश्चिम प्रदेश सरकारको अपिलः सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राखौँ सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी श्रीलङ्का इस्टर आक्रमण रोक्न असफल पूर्व सुरक्षा प्रमुखविरूद्ध मृत्युदण्डको सजायबारे पुनरावेदन गरिने १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेनेजुएलाका राष्ट्रपति मदुरोद्वारा अमेरिकासँग वार्ताको प्रश्ताव



अ+ अ-

काठमाडौँ। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकाले आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने शर्तमा आपसी सम्मानका आधारमा अमेरिकासँग वार्ता गर्न तयार रहेको बताउनुभएको छ ।

राष्ट्रपति मदुरोले एक टेलिभिजन सम्बोधनका क्रममा अमेरिकासँग वार्ताका लागि आफ्नो इच्छा व्यक्त गर्नुभएको हो । उहाँले आपसी सम्मानका आधारमा र भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने शर्तमा संवाद हुनसक्ने उल्लेख गर्नुभयो ।

राष्ट्रपति मदुरोले यदि अमेरिका विगत २५ वर्षदेखि गर्दै आएको हस्तक्षेपकारी प्रयासहरू छोड्न र सम्मानजनक रूपमा संवाद गर्न तयार छ भने आफूले त्यसलाई स्वागत गर्ने बताउनु भयो । साथै शान्ति, सहयोग तथा समृद्धिको बाटो पहिल्याउन पहल गर्ने बताउनु भयो ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।