१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिन नौ फरार प्रतिवादी पक्राउ



अ+ अ-

तनहुँ। जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको संयुक्त प्रहरी टोलीले आज विभिन्न मुद्दामा फरार रहेका नौ प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीले विभिन्न मुद्दामा फरार रहेका आठ र जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका एक जनालाई पक्राउ गरेको जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार पक्राउ पर्ने फरार प्रतिवादीहरूमा ऋषिङ गाउँपालिका–१ का सुमन सारु (आपराधिक उपद्रव मुद्दा), व्यास नगरपालिका–१३ की सावित्री पाण्डे (चेक अनादर मुद्दा), भिमाद नगरपालिका–३ का सन्तबहादुर नेपाली, खगिसरा विके र अन्जु नेपाली (अवैध वन्यजन्तु रतुवा मृग चोरी शिकार मुद्दा), घिरिङ गाउँपालिका–२ का तिलबहादुर श्रेष्ठ (चेक अनादर मुद्दा) तथा व्यास नगरपालिका–३ का ३४ वर्षीय जोशनाबानु राना (बैङ्किङ कसुर मुद्दा) रहेका छन् । सबै जनालाई आजै अदालत उपस्थिति गराइएकामा तोकिएको जरिवाना तिरेर छुटेको उहाँले बताउनुभयो ।

यस्तै, गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय तनहुँ तोडफोड गरी फरार भएका कैदीमध्ये शुक्लागण्डकी नगरपालिका–१० स्थायी ठेगाना भई हाल भिमाद गाउँपालिका–९ मा बस्दै आएका २७ वर्षीय प्रकाश विकेलाई पनि पक्राउ गरी आज कारागार चलान गरिएको छ ।  रासस