१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम
अ अ+ अ-

चितवन।  सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत आयोजित रोचक हात्ती ‘सिङ्गल पेनाल्टी लिग टुर्नामेन्ट’ (हात्ती फुटबल–पेनाल्टी सुटआउट) मा लक्ष्मीकली प्रथम भएकी छन् ।

कसरा पर्यटन व्यवसायी सङ्घकी लक्ष्मीकलीले प्रतियोगितामा कुल १२ अङ्क (गोल) प्राप्त गर्दै प्रथम स्थान हासिल गरेकी हुन् । प्रतियोगिताका क्रममा उनले सात ‘पेनाल्टी’ जोगाउन सफल भएकी थिइन् ।

महोत्सवअन्तर्गत हात्ती पेनाल्टी प्रतियोगिताका संयोजक विनोद तिम्सिनाका अनुसार क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनकी बसन्तीकली (बी) दोस्रो भएकी छन् । उनले १० अङ्क प्राप्त गरिन् भने छ पेनाल्टी जोगाउन सफल भइन् ।

यसैगरी सौराहा जिप तथा डुङ्गा बुकिङ सेन्टरकी मारुतीकली नौ अङ्क प्राप्त गर्दै तेस्रो भइन् । उनी ११ पेनाल्टी जोगाउन सफल भइन् । छवटा हात्ती सहभागी प्रतियोगितामा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडकी चम्पाकली छ अङ्कसहित चौथो स्थानमा रहिन् । उनले तीन पेनाल्टी जोगाइन् ।

रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल, सौराहाकी बसन्तीकली (ए) पाँचौँ स्थानमा रहिन् । उनले पाँच अङ्क प्राप्त गर्दै तीन पेनाल्टी जोगाइन् । निकुञ्ज सफारी प्रालिकी पूजाकली दुई अङ्कसहित छैटौँ स्थानमा रहिन् । उनले एक पेनाल्टी जोगाउन सफल भइन् ।

प्रतियोगिताको सदस्यहरूमा अवित गुरुङ र रोमन महतो रहनुभएको थियो भने रेफ्रीको भूमिकामा भीष्म चौधरी र सान्ते चौधरी रहनुभएको थियो । महोत्सवका तीनै दिन हात्ती पेनाल्टी खेल आयोजना गरिएको थियो । तीन दिनको कुल अङ्कका आधारमा आज अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।

क्षेत्रीय होटल सङ्घ चितवनको आयोजनामा सौराहा तथा चितवनको पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष हात्ती महोत्सव आयोजना हुँदै आएको छ । सौराहास्थित बाघमारा चौरमा आयोजित तीनदिने महोत्सवमा रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सह–आयोजक रहेका थिए ।रासस