१४ आश्विन २०८१, सोमबार
,
Latest
नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको अध्यक्षमा रीना डंगोल नियुक्त उसु टोली बंगलादेश जाने एभरेस्ट महिला भलिबल लिगमा ललितपुरले काठमाडौँलाई हरायो बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्धि सेमिफाइनलमा



अ+ अ-

समृद्धि आईआईएमएस पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा सोमबार सेमिफाइलनमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा समृद्धिले मोफसलको टोली रामेछापलाई ८१–५० ले पराजित गर्यो । समृद्धिका समित गुरुङले ३१ अंक जोडे । नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा न्यु जेनिथ, ह्वाइटहाउस र जेभियर इन्टरनेसनल पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुगे ।

न्यु जेनिथले एलआरआईलाई ७३–४५ ले हरायो । न्यु जेनिथका सिजन महतले २१ अंक जोडे । ह्वाइटहाउसले ज्ञान निकेतनलाई ८६–७९ ले पाखा लगायो । विजेताका सुरज खत्रीले ३१ स्कोर गरे ।

अन्तिम क्वाटरफाइनलमा जेभियरले टाइम्सको चुनौती ६६–६० ले पन्छायो । जेभियरका लागि सविनकुमार कार्कीले १५ अंक जोडे । सेमिफाइनलमा जेभियरको भेट समृद्धिसंग हुने छ भने ह्वाइटहाउसले न्यु जेनिथ विरुद्ध खेल्ने छ ।