३ भाद्र २०८३, बुधबार
,
Latest
रास्वपा संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन, सरकारको कामकारबाहीबारे समीक्षा कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्धि सेमिफाइनलमा



अ+ अ-

समृद्धि आईआईएमएस पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा सोमबार सेमिफाइलनमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा समृद्धिले मोफसलको टोली रामेछापलाई ८१–५० ले पराजित गर्यो । समृद्धिका समित गुरुङले ३१ अंक जोडे । नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा न्यु जेनिथ, ह्वाइटहाउस र जेभियर इन्टरनेसनल पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुगे ।

न्यु जेनिथले एलआरआईलाई ७३–४५ ले हरायो । न्यु जेनिथका सिजन महतले २१ अंक जोडे । ह्वाइटहाउसले ज्ञान निकेतनलाई ८६–७९ ले पाखा लगायो । विजेताका सुरज खत्रीले ३१ स्कोर गरे ।

अन्तिम क्वाटरफाइनलमा जेभियरले टाइम्सको चुनौती ६६–६० ले पन्छायो । जेभियरका लागि सविनकुमार कार्कीले १५ अंक जोडे । सेमिफाइनलमा जेभियरको भेट समृद्धिसंग हुने छ भने ह्वाइटहाउसले न्यु जेनिथ विरुद्ध खेल्ने छ ।