१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

एनपिएल ट्रफीसहितको टोली सम्मानित

एनपिएल ट्रफीसहितको टोली सम्मानित
अ अ+ अ-

गुल्मी। नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सको ट्रफी लिएर गुल्मी आइपुगेको टोलीलाई आज यहाँ सम्मान गरिएको छ ।

रेसुङ्गा नगरपालिकाद्वारा धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गाको यज्ञशालामा ट्रफी प्रदर्शनसहित सम्मान गरिएको हो । ट्रफी प्रदर्शन कार्यक्रममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने लुम्बिनी लायन्सको एनपिएल ट्रफी प्राप्त गर्न सफल टोलीलाई रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीसहितका जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

ट्रफी प्रदर्शनस्थलमा रेसुङ्गा माध्यमिक विद्यालयका विद्यार्थीले पञ्चेबाजासहित रेसुङ्गाको यज्ञशाला परिसर क्षेत्रमा बाजागाजासहित विजेता टोलीलाई स्वागत गर्नुभएको थियो ।

ट्रफीसहित गुल्मी आइपुगेको लुम्बिनी लायन्स टोलीमा गुल्मीका खेलाडी तिलकराज भण्डारीको उपस्थिति रहेको थियो । उक्त ट्रफी प्रदर्शन कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख पन्थीले नगर स्थापना दिवसका अवसरमा खेलाडी भण्डारीलाई रु २५ हजार नगदसहित सम्मान गर्ने घोषणा गर्नुभयो ।

सो अवसरमा खेलाडी भण्डारीले गुल्मी जिल्लासँग जोडिएर क्रिकेट खेल्ने अवसर पाउनु आफैंमा गर्वको विषय भएको बताउनुभयो।

रेसुङ्गा नगरपालिका प्रमुख पन्थीले पछिल्लो समयमा नागरिकमा खेलप्रति आकर्षण बढ्दै गएको भन्दै खेलाडीको मेहनतमा ऊर्जा भर्न खेलकुद क्षेत्रको विकासमा कुनै कन्जुस्याइ गर्न नहुने बताउनुभयो ।

ट्रफी बोकेर गुल्मी आइपुगेको लुम्बिनी लायन्सको टोली  रेसुङ्गाको यज्ञशाला, सदरमुकाम तम्घासहुँदै छत्रकोट र रुरुक्षेत्रमा ट्रफी प्रदर्शन गरी पाल्पा फर्किसकेको छ । रासस