२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

नबिल र बंगलादेश बैंकबीच मर्जरको तयारी

नबिल र बंगलादेश बैंकबीच मर्जरको तयारी
अ अ+ अ-

काठमाडौँ — निजी क्षेत्रका दुई ठूला वाणिज्य बैंकहरुबीच मर्जर हुने भएको छ, र त्यसका लागि दुबै बैंकले समिति गठन गरेका छन् । प्राप्त जानकारी अनुसार, नबिल बैंक र नेपाल बंगलादेश बैंक बीच मर्ज हुन लागेको हो, तर अन्तिम निष्कर्षमा पुग्न भने बाँकी छ ।

नबिल बैंकले नेपाल बंगलादेशलाई प्राप्ति (एक्विजिसन) गर्नका लागि औपचारिक रुपमा प्रक्रिया अघि बबढाएको छ ।

स्रोतका अनुसार नबिल बैंकले बुधबार र बंगलादेश बैंकले बिहीबार मर्जर समिति गठन गरेका छन् । नबिल बैंकले सञ्चालक उदयकृष्ण उपाध्यायको संयोजकत्वमा यसअघि गठन भएको मर्जर समितिलाई नै उक्त जिम्मेवारी दिएको छ ।

यी बैंकबीच धेरै पहिलेदेखि नै प्राप्तिको हल्ला चलेको थियो । यद्यपि सेयर मिलान अनुपात (स्वाप) लगायत विषयमा कुरा मिलिसकेको थिएन । केही दिनअघि यही हल्लाबीच दुबै बैंकको शेयर मूल्य वृद्धि भएको थियो ।

स्रोतका अनुसार नेपाल बंगलादेश बैंकको प्रमुख सेयरधनी बंगलादेशको आईएफआईसी बैंकले उक्त सेयर बिक्री गरेर बाहिरिन लागेको छ ।

आईएफआईसीले बिक्री गर्ने र बाँकी केही सेयर पनि खरिद गरेर नबिल बैंकले बंगलादेशलाई प्राप्ति गर्न लागेको स्रोतले बताएको छ ।

यसअघि नबिल बैंकले चौधरी ग्रुपको लगानी रहेको युनाइटेड फाइनान्सलाई प्राप्ति गरेको थियो । युनाइटेडलाई नबिल बैंकले ३५ रुपैयाँ स्वाप रेसियोमा प्राप्ति गरेको हो ।

हाल नेपाल बंगलादेश बैंकको मूल्य प्रतिकित्ता ४०२ रुपैयाँ तथा नबिलको १४५० रुपैयाँ छ । नबिलले गत आर्थिक वर्षको नाफाबाट ३३.६ प्रतिशत सेयर बोनस र ४.४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

नेपाल बंगलादेश बैंकले भने १२ प्रतिशत सेयर बोनस र ३.५ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ ।