२२ असार २०८३, सोमबार
,
Latest
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नबिल र बंगलादेश बैंकबीच मर्जरको तयारी



अ+ अ-

काठमाडौँ — निजी क्षेत्रका दुई ठूला वाणिज्य बैंकहरुबीच मर्जर हुने भएको छ, र त्यसका लागि दुबै बैंकले समिति गठन गरेका छन् । प्राप्त जानकारी अनुसार, नबिल बैंक र नेपाल बंगलादेश बैंक बीच मर्ज हुन लागेको हो, तर अन्तिम निष्कर्षमा पुग्न भने बाँकी छ ।

नबिल बैंकले नेपाल बंगलादेशलाई प्राप्ति (एक्विजिसन) गर्नका लागि औपचारिक रुपमा प्रक्रिया अघि बबढाएको छ ।

स्रोतका अनुसार नबिल बैंकले बुधबार र बंगलादेश बैंकले बिहीबार मर्जर समिति गठन गरेका छन् । नबिल बैंकले सञ्चालक उदयकृष्ण उपाध्यायको संयोजकत्वमा यसअघि गठन भएको मर्जर समितिलाई नै उक्त जिम्मेवारी दिएको छ ।

यी बैंकबीच धेरै पहिलेदेखि नै प्राप्तिको हल्ला चलेको थियो । यद्यपि सेयर मिलान अनुपात (स्वाप) लगायत विषयमा कुरा मिलिसकेको थिएन । केही दिनअघि यही हल्लाबीच दुबै बैंकको शेयर मूल्य वृद्धि भएको थियो ।

स्रोतका अनुसार नेपाल बंगलादेश बैंकको प्रमुख सेयरधनी बंगलादेशको आईएफआईसी बैंकले उक्त सेयर बिक्री गरेर बाहिरिन लागेको छ ।

आईएफआईसीले बिक्री गर्ने र बाँकी केही सेयर पनि खरिद गरेर नबिल बैंकले बंगलादेशलाई प्राप्ति गर्न लागेको स्रोतले बताएको छ ।

यसअघि नबिल बैंकले चौधरी ग्रुपको लगानी रहेको युनाइटेड फाइनान्सलाई प्राप्ति गरेको थियो । युनाइटेडलाई नबिल बैंकले ३५ रुपैयाँ स्वाप रेसियोमा प्राप्ति गरेको हो ।

हाल नेपाल बंगलादेश बैंकको मूल्य प्रतिकित्ता ४०२ रुपैयाँ तथा नबिलको १४५० रुपैयाँ छ । नबिलले गत आर्थिक वर्षको नाफाबाट ३३.६ प्रतिशत सेयर बोनस र ४.४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

नेपाल बंगलादेश बैंकले भने १२ प्रतिशत सेयर बोनस र ३.५ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ ।