१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट

मोबाइल रिपेयर गर्नेले मुख्यमन्त्रीलाई हराएपछि…

मोबाइल रिपेयर गर्नेले मुख्यमन्त्रीलाई हराएपछि…
अ अ+ अ-

एजेन्सी । कसैका बाबु खेतमा मजदुरी गर्छन् भने कोही आर्थिक अवस्थाले कमजोर तर आत्माका सम्राट हुन्छन् । तर कसैले समाजसेवाका लागि राजनीतिको बाटो लिन्छन् । उनी हुन् पञ्जाबको ५६ वर्षको चुनावी इतिहासमा सबैभन्दा ठूलो जितको कथा लेख्ने पात्र ।

आम आदमी पार्टी (आप) का यी साझा उम्मेदवार १० मार्चपछि धेरै विशेष भएका छन् । उनले भगवन्त मान सरकारमा आदर र सम्मान पाउने पक्का छ, किनभने राजनीतिका हेभिवेट क्यान्डिडेटलाई हराउने उनै हुन्। 

'जब चान्नी भदोरबाट चुनाव लड्न आउनुभयो, म कत्ति पनि चिन्तित थिइनँ, आफ्नो जितमा ढुक्क थिएँ । हो, यो जितको मार्जिन कस्तो होला भन्ने प्रश्न मनमा पक्कै थियो । जितपछि पनि म त्यती परिवर्तन भएको छैन । आम आदमी म त्यस्तै हुनेछु।' 

सरल शब्दमा यी भाषण गर्ने भदौर सिटमा कांग्रेसका मुख्यमन्त्री चरणजितसिंह चान्नीलाई ३७ हजार ५५८ मतले पराजित गर्ने लाभसिंह उगोके हुन् ।

लाभ सिंहले उगोके गाउँकै विद्यालयबाट १२ कक्षासम्म पढे । प्लम्बरमा डिप्लोमा गरेका उनको पनि हरेक पञ्जाबीको जस्तै सपना विदेश गएर जागिर खाने थियो । विद्यालयमा सरसफाइ गर्ने आमा र खेत मजदुर दर्शन गर्ने बलदेवको घरमा जन्मेका लाभ सिंहले घरको अवस्था ठिक हुन्छ भन्ने सोचेका थिए तर त्यो सपना पूरा हुन सकेन । 

श्रीमतीले सिलाई गरेर घरखर्च चलाउने गर्थिन्, त्यसपछि लाभ सिंहले गाउँमै मोबाइल मर्मत गर्ने पसल खोलेका थिए । तर, ३ वर्षपछि पसल बन्द गर्नुपर्‍यो ।

२०१४ मा, जब मोदी लहर चलिरहेको थियो, लाभ सिंहले संगरूर लोकसभाबाट 'आप'का उम्मेद्वार भगवन्त मानको पोलिंग एजेन्टको जिम्मेवारी लिए । भगवन्त विजयी हुँदा लाभ सिंह उनको गुड बुकमा थिए । त्यसपछि उनले उनीहरूका लागि काम गर्न थाले। २०१९ लोकसभा चुनावमा, लाभ सिंह भगवन्त मानको साथमा थिए । यसपटक आपले बर्नालाको भदौर सिटबाट लाभ सिंहलाई उम्मेदवार बनाएको छ । चन्नीले यहाँबाट लड्ने निर्णय गरेपछि भदौर हट सिट बन्यो । चान्नी हारे । अहिले भदौरका जनताले इतिहास रचेको लाभ सिंह बताउँछन् ।