५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी

रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति

रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति
अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता मनिष सुमनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भएको सम्झौता स्वभाविक भएपनि संघीयता र धर्मनिरपेक्षता जस्ता आधारभुत विषयहरू नसमेटिएको भन्दै आशंका व्यक्त गर्नुभएको छ ।

आईतवार जनकपुरमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता सुमनले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले जेन–जी आन्दोलनका माग र यथास्थितिबाट देश परिवर्तन गर्नुपर्ने आम जनताको चाहनाअनुसार दुई शक्तिबीचको सम्झौता स्वभाविक भएको पनि बताउनु भयो । उहाँले रास्वपा सभापति रवि लामिछाने र महानगर प्रमुख शाहले सम्झौतामा संघीयता र धर्म निरपेक्षताको विषय लेख्न लजाएको आरोप पनि लगाउनु भयो । बालेनजस्तो चर्चित व्यक्तित्व रास्वपाको कार्यकर्ता बन्न तयार हुनु रास्वपाका लागि सौभाग्यको विषय भएपनि रास्वपाको नीतिगत ठिक नभएको उहाँको तर्क छ । उहाँले रास्वपा संघीयता विरोधी गतिविधिमा संलग्न रहेको कारण थप आशंका उत्पन्न गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो स्वभाविक जस्तै लाग्यो । जेनजी आन्दोलनका मागअनुसार यथास्थितिबाट देश फेरिनुपर्छ भन्ने आम जनताको मागअनुसार नै उहाँहरुबीच भएको सम्झौता स्वभाविक नै लाग्यो । तर सम्झौता गर्दा उहाँहरु संघीयतालाई बिर्सनुभयो । धर्मनिरपेक्षतालाई पनि बिर्सनुभयो । सम्झौतामा ती कुराहरु लेख्न लजाउनुभयो कि भन्ने जस्तो लाग्यो । यो दीगो रहोस् । नेपालमा यस्ता सम्झौताहरु धेरै हुन्छन् तर दिगो रहन्नन् । बालेनजीजस्तो चर्चित व्यक्ति रास्वपाको कार्यकर्ता बन्न तयार हुनु रास्वापाको लागि सौभाग्यको कुरो हो । तर रास्वपाले धर्म निरपेक्षता र प्रदेश सभा निर्वाचनमा समेत सहभागि हुने गरेको छैन । अर्थात संघीयताको विरुद्धमा जाने गरेको छ । यसले हामी सबै संशकित भएका छौँ । निर्वाचन नै नभएको अवस्थामा प्रधानमन्त्रीको उम्मेदवार फलनोलाई बनायौँ भन्ने उनीहरुको कार्य हाँस्यास्पद जस्तो लाग्यो ।’

निर्वाचन नै नभएको अवस्थामा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कार्य हाँस्यास्पद भएको उहाँको टिप्पणी छ ।