५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी

एमाले नेता भन्छन्ः रवि र बालेनको एकताले खासै अर्थ राख्दैन

एमाले नेता भन्छन्ः रवि र बालेनको एकताले खासै अर्थ राख्दैन
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेताहरुले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहको एकताले खासै अर्थ नराख्ने बताएका छन् ।

नेपाल न्युज एजेन्सीसँगको कुराकानीका क्रममा नेताहरुले उनीहरुको एकताको ठूलो असर नदेखिने दाबी गरेका हुन् । नेकपा एमालेका नेता मानवीर राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख साहको राजनीतिक मिलन वा विमिलनको कुनै विशेष अर्थ नरहेको बताउनु भयो । उनीहरूको राजनीति नेपाली जनतामा आधारित नदेखिएको भन्दै राईले त्यसले वर्तमान नेपाली राजनीतिक परिवेशमा खासै महत्व नपाउने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वास्तवमा रवि लामीछाने र बालेन शाहहरु मिल्नु र नमिल्नुको कुनै अर्थ म देख्दिन । किनभने उनीहरुको राजनीति नै नेपाली जनतामा आधारित राजनीति देखिएन । कसैको आशिर्वाद कसैको ईसारामा गरिएको राजनितिलाई नेपाली जनताले र नेपालको अहिलेको परिवेशले त्यस्तो महत्व दिन्छ भन्ने मलाई लाग्दैन र त्यस्तो ठूलो केही अर्थ राख्दैन ।’ 

नेता राईले २०७९ सालको स्थानीय तह निर्वाचनमा बालेन साह निर्वाचित हुँदा जनतामा ठूलो आशा र अपेक्षा रहेको भएपनि साहका गतिविधिले ती अपेक्षा पूरा गर्न नसकेको आरोप लगाउनु भयो । काठमाडौं महानगरपालिकाभित्र भइरहेका अधिकांश सडक तथा पूर्वाधार निर्माण कार्य संघीय सरकारअन्तर्गत सडक विभाग र सडक डिभिजनमार्फत भइरहेको उहाँको दाबी छ । प्रमुख साहको विकास निर्माणका कार्य अगाडी बढाउन नसकेको उहाँको आरोप छ । विकासका नाममा उहाँले के गर्नुभएको छ ? उहाँले प्रश्न उठाउनु भयो । मकै पोलेर जीविकोपार्जन गर्नेहरूलाई लखेट्ने बाहेक अरु काम नगरेको उहाँको दाबी छ । नेता राईले विभिन्न राजनीतिक कार्यक्रमहरुमा जरिवाना घोषणा गरेर मेयर शाहले ‘स्टन्टबाजी’ मात्रै गरेको आरोप लगाउनु भयो । जेन–जी आन्दोलनमा भएको आगजनी तथा हिंसात्मक घटनाका बेला काठमाडौं महानगरपालिकाले दमकल नपठाएको आरोप लगाउँदै उहाँले यस घटनाले पनि प्रमुख शाहको विकास र समृद्धिप्रतिको संवेदनशीलता नदिएको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘उहाँको हिजो निर्वाचित हुँदै गर्दा २०७९ को स्थानिय तहको निर्वाचनमा एउटा जनतामा आशा र अपेक्षा थियो । युवा हो, एउटा ठुलो आशा र अपेक्षा थियो । तर त्यसपछिको क्रमश उहाँको गतिविधिहरु चाहीँ काठमाडौ र नेपालभरको जनताले देखिराखेको छ । काठमाडौं महानगरपालिकाको बाटोघाटोको कुरा प्राय सबै संघिय सरकारले सडक विभाग, सडक डिभिजन अन्र्तगत सबै कामहरु बनिरहेको हुन्छ । अब उहाँले गरेको नै पनि के छ र आखिरी विकासमा । एउटा मकै पोलेर खाने, मकै पोलेर आफ्नो र परिवारको जीविकोपार्जन चलाउनेलाई लखेट्ने बाहेक उहाँले अरु के काम गर्नुभएको छ र ? व्यवस्थित रुपमा सडकमा लाईटहरुसम्म राख्न उहाँले सक्नुभएको छैन । त्यत्रो ठूलो उहाँले काम गरेका पनि होइन । पछिल्लो समयमा उहाँले नेकपा एमालेले कार्यक्रम गर्दाखेरी एक लाख जरिवाना उहाँले घोषणा गर्नुभयो, पछि राजावादी आन्दोलनमा पूर्वराजालाई सम्म उहाँले ६÷७ लाख रुपैयाँ जरिवाना घोषणा गर्नुभयो । स्टन्टबाजी गर्नुभयो । अहिले यत्रो सिंहदरबार जल्दा, अदालतहरु जलाउँदाखेरी आफूसँग त्यत्रो धेरै भएको दमकलसम्म नदिने, नपठाउने भनेपछि उहाँ त यो देशको विकास होइन, जलोस्, सिद्धियोस्, खरानी होस्, नेपालको ऐतिहासिक सम्पदाहरु, स्थानहरु, अदालतहरु केही पनि नरहोस्, सकोस् । जलेको त हेरिरहेका छन् । ललितपुरको महानगरले दमकल पठाएर ३ दिन पछाडी बल्ल चाहीँ जलाईएको ठाउँहरुमा निभाउने काम ग¥यो । काठमाडौं महानगरले एउटा पनि दमकल पठाउने आट गरेन, यी घटना परिघटनाले देखाउँछ, उहाँ विकास र समृद्धि, नेपाली जनताको हितमा काम गर्नुहुन्न, हुनुहुन्न ।’ 

उहाँले चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमतिलाई हाँस्यास्पद भएको बताउनु भयो । २०६४ सालमा नेकपा माओवादीले पनि पुष्पकमल दाहाललाई भावी राष्ट्रपतिको उम्मेद्वार घोषणा गरेको स्मरण गर्नुभयो । उहाँले दाहाल राष्ट्रपति बन्नुभयो त ? प्रश्न गर्नुभयो । उहाँले बालेन्द्र साह सांसद नै बन्न नसक्ने हो की भन्ने आशंका पनि जनाउनु भयो । उहाँले रास्वपा सभापति लामिछाने पनि सहकारी ठगी मुद्दामा सबैभन्दा धेरै धरौटी बुझाएर निस्किएको पात्र भएको बताउनु भयो । उहाँले जनतको माझमा उहाँहरुले सफलता हासिल गर्न नसक्ने दाबी गर्नुभयो ।

नेकपा एमालेका नेता लालबाबु पण्डितले भने राजनितिक पार्टीहरु मिल्नु राम्रो भएको बताउनु भयो । नेपालमा राजनीतिक पार्टीहरूको ध्रुविकरण आवश्यक रहेको उहाँको भनाई छ । हाल देशमा १५२ भन्दा बढी राजनीतिक पार्टी रहेको उल्लेख गर्नुहुँदै उहाँले देशमा पाँच वटा मात्रै पार्टी भए पुग्ने बताउनु भयो । उहाँले सीमित संख्याका राजनीतिक दलबीच प्रतिष्पर्धा भई बहुमतको सरकार बन्नसके मात्र राजनीतिक स्थायित्व, विकास र समृद्धि सम्भव हुने बताउनु भयो । एमाले कुनैपनि राजनीतिक गठबन्धनसँग प्रतिष्पर्धा गर्न तयार रहेको उल्लेख गर्दै नेता पण्डितले कोही पार्टी मिल्दैमा कसैले टाउको दुखाउन आवश्यक नरहेको बताउनु भयो । कोही एक भयो भन्दैमा अर्को समाप्त हुन्छ भन्ने बुझाइ गतल भएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘अब नेपालमा राजनीतिक पार्टीहरु धुव्रिकृत हुनु राम्रै कुरा हो । अहिले १५२ पार्टीले देश बनाउँछु भनेर हिँडिरहेका छन् । चुनावमा कति पार्टी जान्छन्, टुंगो छैन । पार्टी खोल्ने, कहिलेकाही त श्रीमानले एउटा पार्टी खोल्ने, श्रीमतीले एउटा पार्टी खोल्ने । अनि १५ दिन एउटा पार्टीमा बस्ने १५ दिन अर्को पार्टीमा जाने जुन यो प्रवृति छ नि, अस्थिर प्रवृति । यो देशको निम्ति एक किसिमको घात नै हो । लोकतान्त्रिक विधि र प्रक्रियामा त छौँ तर लोकतान्त्रिक विधि र प्रक्रियामा पनि अनुशासन भन्ने चिज चाहिन्छ, नैतिकता भन्ने चिज पनि चाहिन्छ । समर्पण पनि हुनुपर्छ, नभए फाउको खेती भनेर राजनीतिलाई बुझ्ने जुन गरिन्छ नी, त्यो गलत हो । त्यसकारण म के भन्न चाहन्छु भने, अझै धेरै धुव्रिकृत होस् । अझै पाँच वटा औँलाभित्र मात्रै राजनिति पार्टीहरु प्रतिष्पर्धा गरेर रहुन् । बहुमतको सरकार बनाउन । राजनितिक स्थायित्व होस् । त्यसैले विकास र समृद्धि ल्याउने हो । एकताले देशलाई फाइदा हुन्छ भने कसैले टाउको दुखाउनु आवश्यक हुँदैन । एमालेको टाउको दुखाई छैन । एमाले जति अरु पार्टीहरु मिलेर आउँछन्, त्यो संग समाना गर्न तयार छ । किनभने राजनीतिक स्थायित्वको पक्षमा छ । संविधानको पक्षमा छ, लोकतन्त्रको पक्षमा छ । कोही एक भयो भन्दैमा अर्को समाप्त भयो भन्ने बुझाई चाँही खहरे बुझाई हो क्या ।’ 

राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र साहबीच आईतवार विहान ‘वृहत एकता’ सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ । एकताअनुसार शाह निर्वाचनपछि संसदीय दलका नेता बन्नेछन् भने रास्वपा सभापति लामिछाने सभापतिकै रुपमा रहनेछन् । पार्टीको संरचनाको भने सबै रास्वपाको हुनेगरी ७ बुँदे सहमति भएको हो ।