१६ श्रावण २०८३, शनिबार
,
Latest
झैझगडामा संलग्न एक जना पक्राउ प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ स्वार्थ समूहको दबाबमा होइन, राष्ट्रिय हितमा कानून बनाऔँः एमाले सांसद झाँक्री प्रविधि र जलवायु संकट मानव अधिकारका लागि नयाँ चुनौतीः न्यायाधीश मल्ल हिंसाबाट सत्ता परिवर्तन गर्ने सोच हाबी भयोः राधेश्याम अधिकारी ‘केही नेपाल ऐन संशोधन’मार्फत कानून बदल्ने अभ्यास गलतः काँग्रेस सांसद खाती विश्वप्रसिद्ध नेपाली आरोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन सरकारले राष्ट्रिय सभाका सांसदको सुझाव नै मान्दैनः नेकपा नेता सुवेदी कुबेत आक्रमणमा परी निधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका



अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज र भोलि दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्नुपर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले राससलाई जानकारी दिनुभयो ।

दलले यही पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिने उहाँले बताउनुभयो ।

आयोगले पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ । पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठिक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । माघ ४ गते बन्द सूची प्रकाश गरिनेछ । माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने पनि प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

सय वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । समानुपातिकतर्पmको निर्वाचन प्रणालीमा भाग लिन दल दर्ता गराएका राजनीतिक दलले मात्र आज र भोलि बन्द सूचीतर्फका उम्मेदवारको सूची पेस गर्न पाउनेछन् । रासस