४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध

प्रशिक्षण केन्द्रहरूबीच सहकार्य सुदृढ गर्न नेटवर्किङ कार्यशाला

प्रशिक्षण केन्द्रहरूबीच सहकार्य सुदृढ गर्न नेटवर्किङ कार्यशाला
अ+ अ-

काठमाडौँ । खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको क्षमता विकासलाई अझ प्रभावकारी, समन्वयात्मक र दिगो बनाउने उद्देश्यसहित सरकारी प्रशिक्षण केन्द्रहरूबीच सहकार्य सुदृढ गर्न एकदिने नेटवर्किङ कार्यशाला आयोजना गरिएको छ ।

आज राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रमा सम्पन्न कार्यशालामा संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत प्रमुख सरकारी प्रशिक्षण संस्थाहरूको उल्लेखनीय सहभागिता थियो ।

कार्यशालाले वास क्षेत्रसँग सम्बन्धित सरकारी प्रशिक्षण संस्थाहरूबीच आपसी समझदारी, अनुभव आदान–प्रदान तथा दीर्घकालीन सहकार्यका सम्भावना पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ ।

वातावरण र जनस्वास्थ्य संस्था ९एन्फो०को सहकार्यमा आयोजना गरिएको उक्त कार्यशालाको मुख्य उद्देश्य प्रशिक्षण दृष्टिकोण, असल अभ्यास, सिकाइ अनुभव तथा तालिम प्रणालीमा रहेका चुनौतीहरूबारे छलफल गर्दै साझा समाधान र सहकार्यका क्षेत्रहरू पहिचान गर्नु रहेको थियो ।

कार्यशालामा राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, प्राविधिक प्रशिक्षण प्रतिष्ठान, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रलगायतका प्रमुख सरकारी प्रशिक्षण संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

त्यस अवसरमा एन्फोले विगत तीन दशकभन्दा बढी समयदेखि खानेपानी, सरसफाइ तथा स्वच्छता, सार्वजनिक स्वास्थ्य, वातावरण संरक्षण तथा क्षमता विकास क्षेत्रमा गर्दै आएको कामका अनुभव प्रस्तुत गरेको थियो । साथै संस्थाले विकास गरेका प्रशिक्षण प्याकेज, सिकाइ सामग्री, सहभागीमूलक तालिम विधि तथा फिल्डमा आधारित अभ्यासका नमुनाहरू पनि प्रस्तुत गरिएको थियो ।

कार्यशालामा सहभागी सरकारी प्रशिक्षण केन्द्रहरूले पनि आ–आफ्ना क्षमता विकास गतिविधि, तालिम प्राथमिकता, विद्यमान चुनौती तथा आगामी योजनाबारे जानकारी गराएका थिए ।

प्रस्तुतीकरणले साझा चुनौतीहरू पहिचान गर्न र सहकार्यका सम्भावनाहरू स्पष्ट गर्न सहयोग पुगेको राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रका कार्यकारी निर्देशक ई रामकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कार्यक्रमअन्तर्गत ग्यालरी–वाक, समूह छलफल तथा अन्तरक्रियात्मक सत्रमार्फत प्रशिक्षण आवश्यकता पहिचान, सामग्री विकास, तालिम सञ्चालन, प्रभाव मूल्याङ्कन तथा अनुगमन प्रणालीमा देखिएका चुनौतीहरू पहिचान गरिएको छ । साथै ती चुनौतीहरूको समाधानका लागि संयुक्त पहल र सहकार्यका सम्भावित क्षेत्रहरूमा विस्तृत छलफल गरिएको छ ।”

कार्यशालाबाट संयुक्त रूपमा तालिम सञ्चालन गर्ने, प्रशिक्षण सामग्रीको सह–विकास गर्ने, सह–सहजिकीकरण ९को–फ्यासिलिटेसन० गर्ने तथा तालिमको प्रभाव मूल्याङ्कनका लागि साझा कार्यदिशा तय गरिएको कार्यकारी निर्देशक श्रेष्ठकको भनाइ छ । यसले सरकारी प्रशिक्षण संस्थाहरूबीच दोहोरो प्रयास घटाई स्रोतको प्रभावकारी उपयोग गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यकारी निर्देशक श्रेष्ठले यस किसिमका नेटवर्किङ कार्यशालाले सरकारी प्रशिक्षण केन्द्रहरूबीच आपसी विश्वास र समझदारी सुदृढ गर्दै खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको क्षमता विकासलाई दीर्घकालीन रूपमा मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुभयो ।

कार्यशालामा सहभागी प्रतिनिधिहरूले आगामी दिनमा नियमित समन्वय, अनुभव आदान–प्रदान तथा संयुक्त कार्यक्रम सञ्चालन गर्दै वास क्षेत्रका जनशक्ति र संस्थागत क्षमतालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।