४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

कानूनी शासन स्थापित नगरी जेन–जी का माग पूरा गर्न सकिँदैनः अर्थमन्त्री खनाल

कानूनी शासन स्थापित नगरी जेन–जी का माग पूरा गर्न सकिँदैनः अर्थमन्त्री खनाल
अ+ अ-

काठमाडौँ । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बोलेको कुरा सबै लागू गर्नसके मात्रै आशा गरेअनुसारको परिवर्तन सम्भव रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उहाँले बोलेको कुरा गर्न कतिपय अवस्थामा नसकिने बताउनु भयो । प्रणालीमा वाक इन द टकको ठूलो समस्या रहेको बताउनु भयो । कुनैपनि दायित्व नलिइकन बोल्दा जति खुला हुन्छ दायित्व लिएर गर्न त्यत्तिकै कठिन रहेको बताउनु भयो । रुल अफ ल स्थापित भएपछि मात्रै जेन–जीहरुले अपेक्षा गरेको सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न सकिने बताउनु भयो । आन्दोलन पछि पनि कानून परिपालना गर्ने कुरामा कोही पनि कटिवद्ध नभएको बताउनु भयो । कानूनी शासन स्थापित गर्न अहिले पनि नसकिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी जे बोल्छौँ, त्यही गर्नको निमित्त हामी कतिपय अवस्थामा सक्दैनौँ । प्रणालीमा वाक इन द टकको ठूलो समस्या छ । कुनैपनि दायित्व नलिइकन बोल्दाखेरी जति खुला तरिकाले बोल्न सकिन्छ, त्यही कुरा दायित्व लिँदा गर्नै सकिँदैन । गर्न सकिने कुरा मात्रै बोल्ने र बोलेको कुरा सबै गर्ने यदी हामीले गर्न थालियो भने आशा गरेअनुसारको परिवर्तन सम्भव छ । रुल अफ ल भनेको अत्यन्त महत्वपूर्ण कुरा हो । यो स्थापित गरेपछि मात्रै जेन–जीहरुले अपेक्षा गरेको सुशासन, भ्रष्टाचार नियन्त्रण उहाँहरुले शुरुदेखि हामीसँग संवाद गर्ने क्रममा प्रत्येक पटक भन्दै आउनुभएको छ । मन्त्रीज्युले भनेपछि जे पनि हुने व्यवस्था व्यवस्था नै होइन । कानूनले भनेपछि जे पनि हुने हो । हुनुपर्छ । कानून परिपालना गर्ने कुरामा कोही पनि कटिवद्ध छैन । यो परिवर्तन पछि पनि मसँग आउने आग्रहहरु राजश्व अनुसन्धान विभागले फलानोलाई समात्यो छोडिदिनुप¥यो । अहिले हामीले स्थापित गर्नुपर्ने भनेको रुल अफ ल हो । त्यसको विकल्प छैन तर त्यो गर्न सकिएको छैन ।’

अर्थमन्त्री खनालले यसअघिका अर्थमन्त्रीहरुले वित्तीय प्रशासनमा महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।