४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की

शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की
अ+ अ-

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा सहमति जनाएमा युक्रेन सङ्कट अन्त्यका लागि तयार गरिएको शान्ति योजनालाई जनमतसंग्रहमा लैजान आफू तयार रहेको बताउनुभएको छ । अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार राष्ट्रपति जेलेन्स्कीले शुक्रबार दिएको अन्तर्वार्तामा यस्तो धारणा व्यक्त गर्नुभयो ।

उहाँले शान्ति प्रक्रियाका क्रममा क्षेत्रीय विषयमा युक्रेनका लागि अझ राम्रो सहमति हासिल गर्ने प्रयास जारी रहने बताउनुभयो । तर यदि प्रस्तावित शान्ति योजनामा अत्यन्तै कठिन र संवेदनशील निर्णय लिनुपर्ने अवस्था आयो भने २० बुँदे सम्पूर्ण योजनालाई जनमतसङ्ग्रहमार्फत युक्रेनी जनताकै निर्णयमा सुम्पिनु सबैभन्दा उपयुक्त उपाय हुने उहाँले बताउनुभयो ।

राष्ट्रपति जेलेन्स्कीका अनुसार जनमतसंग्रह आयोजना गर्नु राजनीतिक, प्रशासनिक र सुरक्षा दृष्टिले निकै जटिल प्रक्रिया भएकाले त्यसका लागि कम्तीमा ६० दिनको युद्धविराम आवश्यक हुन्छ । उहाँले मतदानको तयारी, मतदाताको सुरक्षा र निष्पक्ष प्रक्रिया सुनिश्चित गर्न यही अवधि न्यूनतम आवश्यकता भएको स्पष्ट पार्नुभयो ।

रिपोर्टअनुसार एक वरिष्ठ अमेरिकी अधिकारीले रूसले जनमतसङ्ग्रहका लागि युद्धविराम आवश्यक पर्ने कुरा बुझेको भए पनि उहाँले अझ छोटो अवधिको युद्धविराम चाहेको सङ्केत दिएको बताउनुभयो ।

जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने भेटमा युक्रेन सङ्कट अन्त्यका लागि साझा रूपरेखामा सहमति हुने आशा व्यक्त गर्नुभयो । उहाँले अमेरिका–युक्रेनबीच भएका अधिकांश द्विपक्षीय सहमतिहरू हाल पाँचवटा दस्तावेजमा समेटिइसकेको र आवश्यक परे थप एउटा दस्तावेज समावेश गर्न सकिने जानकारी पनि दिनुभयो ।

युद्धपछिको सुरक्षा प्रत्याभूतिको अवधिबारे अमेरिकी प्रशासनले १५ वर्षको प्रस्ताव गरे पनि जेलेन्स्कीले त्यो अवधि पर्याप्त नहुने धारणा व्यक्त गर्नुभएको छ । उहाँका अनुसार युक्रेनलाई दीर्घकालीन र भरपर्दो सुरक्षा प्रत्याभूति आवश्यक छ, र यससम्बन्धी सम्झौता अमेरिका र युक्रेन दुवै देशका संसदबाट अनुमोदन गरिनेछ ।